Susandesh Khabar

Avatar

Gospel News Nepal

508 Posts
नेपाल आइडल सिजन ५ को उपाधि करण परियारले जिते

नेपाल आइडल सिजन ५ को उपाधि करण परियारले जिते

काठमाडौं – गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि करण परियारले जितेका छन् । शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै परियारले उपाधि हात पारेका हुन् । नेपाल आइडल सिजन–५ मा सलोमी गुरुङ फस्ट रनरअप र सचिन विश्वकर्मा सेकेन्ड रनरअप घोषित भए । उनीहरुले ट्रफीसँगै नगद पुरस्कार प्राप्त गरे । एपीवान टेलिभिजनमा नेपाल आइडलको श्रृंखला प्रसारण हुँदै आएको छ । यो सिजनमा गायक न्ह्यु बज्राचार्य, गायिका इन्द्रिरा जोशी र गायक कालीप्रसाद बासकोटा  निर्णायकको रुपमा थिए ।  
Read More
मदन भण्डारी फाउण्डेशन झापाको अध्यक्षमा शिवाकोटी

मदन भण्डारी फाउण्डेशन झापाको अध्यक्षमा शिवाकोटी

  बिर्तामोड असार ८ ॥ मदन भण्डारी फाउण्डेशन झापाको तेस्रो जिल्ला सम्मेलनबाट पुनः हरिचण शिवाकोटीको अध्यक्षमा नयाँ समिति चयन भएको छ । विर्तामोडमा आज भएको अधिवेशनबाट उपाध्यक्षमा हिरा थापा, सचिवमा शिव ढुङ्गेल, उपसचिवमा लीला दाहाल र कोषाध्यक्षमा गणेश पोखरेल निर्वाचित हुनु भएको हुनुभएको छ । यसैगरी समितिका सदस्यहरुमा असारु राजवंशी, निरु परियार, देवकुमार राई, सुरेन राजवंशी, छत्र श्रेष्ठ, भक्त घिमिरे, मोहन शिवाकोटी, बलराम गजुरेल, मदनकुमार उप्रेती, प्रेमबहादुर गिरी र बद्री भट्टराई, हरिदाश ढुङ्गाना, पशुपति खतिवडा, संगिता खतिवडा चौलागाईं, राजेन्द्र पन्धाक, अमिरकुमार श्रेष्ठ, हेमकला भण्डारी, माधव भण्डारी विद्रोही, लक्ष्मण पाठक, कौशिल्या अधिकारी, समर्पण खतिवडा, निशा लिम्बु, निर्मला पाठक, नेत्रप्रसाद दाहाल, नारायणप्रसाद…
Read More
भौतिक पूर्वाधारको क्षेत्रमा अगाडी बड्दै बिर्तामोड नगरपालिका

भौतिक पूर्वाधारको क्षेत्रमा अगाडी बड्दै बिर्तामोड नगरपालिका

  बिर्तामोड आसर ८।। जिल्लाकै प्रमुख व्यापारिक केन्द्रको रुपमा परिचित बिर्तामोड नगरपालिकाले छ वर्षका अवधिमा सडक पूर्वाधारको क्षेत्रमा विभिन्न योजना सम्पन्न गरेको छ । बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतराले सडक कालोपत्रे, ग्राभेलिङ, पेवर्स बिछ्याउने, पुल, कल्भर्ट बनाउने काम जारी रहेको बताएककी छीन् । उनका अनुसार छ वर्षको अवधिमा ९१ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ ।   नगरमा दुई सय ८७ किलोमिटर कच्ची सडकमा ग्राभेलिङ गरी स्तरोन्नति गरिएको छ । हामीले सुरुमा सडक, पुल, कल्भर्ट जस्ता भौतिक पूर्वाधारको कार्यलाई प्राथमिकतामा राखेर काम गर्‍यौँ उनले भनीन, अबको हाम्रो लक्ष्य शिक्षा, स्वास्थ्य र कृषिलाई अघि बढाउने भन्ने छ ।’ नगर क्षेत्रमा एक…
Read More
मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

  मेचीनगर, असार ८ । झापाको भद्रपुर धुलाबारी सडकखण्डमा आज एकाबिहानै मोटरसाइकल अनियन्त्रित भई दुर्घटना  हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा पछाडि बसेका दुईजना गम्भीर घाइते भएकाले उपचार भइरहेको  झापा प्रहरीले जनाएको छ । दुर्घटनामा मेचीनगर-१० का २२ वर्षीय राजीव दनुवारको उपचारको क्रममा मृत्यु भएको हो । आज बिहान अन्दाजी ०३ः३० बजेको समयमा मेचीनगर–१५ लालझोडास्थित भित्री सडकखण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।      
Read More
विपद् ब्यवस्थापनमा झापाका सबै संघसंस्था जुट्ने प्रतिवद्धता

विपद् ब्यवस्थापनमा झापाका सबै संघसंस्था जुट्ने प्रतिवद्धता

  बिर्तामोड असार ७॥   झापामा रहेका विभिन्न संघसंस्थाले विपद् ब्यवस्थापनका लागि एकजुट हुने प्रतिवद्धता जनाएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको बिपद् ब्यवस्थापनका लागि संघ संस्थाको भूमिका विषयक कार्यक्रममा सहभागी संस्थाका प्रमुख तथा प्रतिनिधिले यस्तो प्रतिवद्धता जनाएका हुन् । नेपाल रेडक्रस सोसाइटी झापा शाखाका अध्यक्ष लोकराज ढकालले विपद् व्यवस्थापनमा सबैको भूमिका सकारात्मक हुनु पर्ने बताएका छन् । विपद्को समयमा राहत र उद्धारमा सरकारी संयन्त्रको मात्रै भर पर्नु नहुने बताउँदै सबैले आ – आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नु पर्ने बताए । यो वर्ष पानी अत्यधिक पर्ने पूर्वानुमान गरिएकोले राहत, उद्दार तथा पूर्वतयारीमा एकजुट हुनुपर्ने ढकालको भनाई छ । सहारा…
Read More
कोपा अमेरिका फुटबल:अर्जेन्टिनाको विजयी सुरुवात

कोपा अमेरिका फुटबल:अर्जेन्टिनाको विजयी सुरुवात

  एजेन्सी – साविक विजेता अर्जेन्टिनाले २०२४ संस्करणको कोपा अमेरिकामा विजयी सुरुवात गरेको छ । एटलान्टामा भएको उद्दघाटन खेलमा अर्जेन्टिनाले क्यानडा माथि २-० को जित दर्ता गरेको हो । अर्जेन्टिनाका लागि स्ट्राइकरद्वय जुलियन अल्भारेज र लौतारो मार्टिनेजले समान १-१ गोल गरे । पहिलो हाफमा खेलमा नियन्त्रण काम भएतापनि दोस्रो हाफमा अर्जेन्टिनाले सुधारिएको प्रदर्शन गरेको थियो । त्यसको फलस्वरूप ४९औं मिनेटमा अर्जेन्टिनाले अग्रता लियो । लियोनेल मेस्सीको पासमा एलेक्सिस मक यालिस्टरको बल नियन्त्रणलाई क्यानडियन गोलरक्षकलाई बिट गरेपछि अल्भारेजले गोल गर्दै अग्रता दिलाएका थिए । अग्रता लिएपछि अर्जेन्टिनाले थुप्रै मौकाहरुको फाइदा उठाउन सकेन । स्टार खेलाडी लियोनेल मेस्सी नै दुई वान-अन-वान अवसरमा चुके…
Read More
एसईई २०८० को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी

एसईई २०८० को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी

काठमाण्डौ असार ६ ।। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अनुसार यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक हुनेछ, जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रुपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्छ । लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रुपान्तरण गरिनेछ । तर विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने…
Read More
रतुवा खोलाले बगाउदा एक जनाको मृत्यु

रतुवा खोलाले बगाउदा एक जनाको मृत्यु

  दमक । झापाकाे दमकमा रतुवा खाेलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।  दमक- १ हवल्दार चाेक बस्ने ५३ बर्षका माेहन रामदामलाई खाेलाले बगाउँदा मृत्यु भएकाे हाे । दमक-७ काे हाटखाेलाबाट खाेला तर्ने क्रममा रामदामलाई रतुवा खाेलाले बगाएकाे थियाे । उनलाई खाेलाले बगाउँदै गर्दा स्थानीयले उद्दार गरेका थिए । तर साे समयमा उनकाे मृत्यु भइसकेकाे अवस्थामा शव फेला परेकाे प्रहरीले जनाएकाे छ । रामदामकाे शवलाई कानुनी प्रक्रिया पुरा गरी पाेष्टमार्टमका लागि अस्पताल पठाइएकाे प्रहरीले जनाएकाे छ ।  
Read More
झापासहित कोशी प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना

झापासहित कोशी प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना

    झापा असार ५ झापासहित कोशी प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । झापामा चार दिनयता अविरल वर्षा भइरहेको छ । लगातारको पानीले दक्षिणी झापा डुबानमा परेको छ । ३२ जना विस्थापित भएका छन् । विभागका अनुसार अहिले बिहान कोसी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो कोसी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी प्रदेशका केही स्थानमा…
Read More
बाँदर आंतक रोक्न जंगलमा फलफूलका बिरुवा  रोप्दै धनकुटाका किसान

बाँदर आंतक रोक्न जंगलमा फलफूलका बिरुवा रोप्दै धनकुटाका किसान

  धनकुटा ।असार ४ ॥ बाँदरको आंतक रोक्न धनकुटाको महालक्ष्मी नगरपालिका–७ जितपुरका किसानहरूले जंगलमा फलफूल रोप्न थालेका छन्। बर्सेनि बाँदरले बाली नष्ट गर्न थालेपछि किसानहरूले वनजंगलमा फलफूलजन्य बिरुवा रोप्न सुरु गरेका हुन्। धनकुटा जितपुर मात्र होइन, जिल्लाका अधिकांश किसानहरू बाँदरको आंतकबाट पीडित बन्दै आएका छन्। बर्सेनि किसानले खेतबारीमा लगाएको अन्नबाली बाँदरले नष्ट गर्न थालेपछि जितपुरका किसानहरूले शर्मादेवी सामुदायिक वनमा फलफूलजन्य बिरुवाहरू रोप्न सुरु गरेका हुन्। वनजंगलमा फलफूलजन्य बोटविरुवा भएपछि बारीसम्म बाँदर नआइपुग्ने भएकाले विभिन्न प्रजातिका फलफूलजन्य करिब २ हजार बिरुवा रोपिएको सब-डिभिजन वन कार्यालय जितपुरकी फरेस्टर आयुष्मा गहतराजले जानकारी दिइन्। शर्मादेवी सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूको सहभागितामा वनमा अमला, बडहर, जामुन, कास्मिरी जामुन,…
Read More