Susandesh Khabar

Avatar

Gospel News Nepal

508 Posts
मेची राजमार्ग अन्तर्गत हेवाखोलाको बेली ब्रिज बाडीले बगायो

मेची राजमार्ग अन्तर्गत हेवाखोलाको बेली ब्रिज बाडीले बगायो

  पाँचथर ।  गतवर्षको बाढीले पक्की पुल बगाएपछि बनाइएको हेवाखोलाको बेली ब्रिज पुन बाढीले बगाएको छ। मेचिराजमार्ग अन्तरगत  फिदिम ४ र हिलिहाङ ७ जाेड्ने हेवाखाेलाकाे बेली ब्रिज हेवा खाेलामा आएकाे बाढिले बगाएकाे फिदिम  ४ का वडाध्यक्ष उपेन्द्र लावतिले जानकारि दिए । बाढिले हिलिहाङ तर्फकाे पिल्लर बगाएकाे बताईएकाे छ ।  गत वर्ष असारमा आएकाे बाढिले हेवाखाेलाकाे पक्कि पुल बगाए पछि साेहि स्थानमा अस्थाई ब्रिज बनाईएकाे थियाे । ब्रिज बगाए पछि पाँचथरकाे हिलिहाङ,याङवर र ताप्लेजुङ तर्फकाे यातायात पुर्णरूपमा बन्द भएकाे छ । बेली ब्रिज बगाएसँगै नजिकिँदै गरेका चाडपर्वमा आवतजावत गर्न पनि स्थानीयलाई शास्ती भएको छ भने मालसामान ढुवानी गर्न पनि समस्या देखिएको…
Read More
सामान निकाल्न खोज्दा आमाछारीको पहिरोमा पुरीएर मृत्यु

सामान निकाल्न खोज्दा आमाछारीको पहिरोमा पुरीएर मृत्यु

धनकुटा।। १२ असोज।। पाख्रिवासमा पहिरोले घर बगाउदा आमाछोरीको मृत्यु भएको छ। पाख्रिवास नगरपालिका वडा नं. ५ गुराँसे डाँडाको ३५ वर्षीया आशा तामाङ र उनकी आमा करीब ५० वर्षीया रामकुमारी तामाङको मृत्यु  भएको हो। बिहान करीब साढे ३ बजे तिर घर बगाउन लागेपछि घरमा रहेको सामान निकाल्न गएका आमाछारीको पहिरोले पुरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए। यता धनकुटाको छथर जोरपाटी गाँउपालिका ६ सिधुवामा पहिरोले गोठ पुर्दा १० भन्दा बढी चौपाया पुरेको वडाध्यक्ष दीपक गुरुङले जानकारी दिए। उनका अनुसार सिधुवा बजार पछाडिबाट गएको पहिरोको कारण बजारका केही घर समेत जोखिममा परेका छन्। यस्तै निरन्तरको वर्षाले चौविसे…
Read More
झापाको विभिन्न स्थानमा आएको बाढीले बगाउँदा तीनजना बेपत्ता

झापाको विभिन्न स्थानमा आएको बाढीले बगाउँदा तीनजना बेपत्ता

बिर्तामोड ।।  लगातारको झरीका कारण आएको बाढीले बनाउँदा झापामा तीनजना बेपत्ता भएका छन् । कचनकवलको जमुना खोला, गौरीगञ्जको किस्ने खोला र कमल गाउँपालिकाको कृष्णे खोलाले बगाउँदा तीन जना बेपत्ता भएको प्रहरी कार्यालय झापाले जनाएको छ । गौरीगञ्ज गाउँपालिका ३ र २ को सिमानामा रहेको हुलाकी राजमार्गमा पर्ने किस्ने खोलाको पुलबाट हाम फाल्दा गौरीगञ्ज-२ भाकुरमारीस्थित सुकुम्वासी बस्तीका अन्दाजी ५० वर्षीय केमालाल ताजपुरिया बेपत्ता भएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेका उनले पुल माथिबाट शुक्रबार दिउँसो ४ बजे हाम फालेका थिए । उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए । त्यस्तै कमल गाउँपालिका-१…
Read More
पाँचथरमा पहिरोले घर पुरिदा दुईजनाको मृत्यु

पाँचथरमा पहिरोले घर पुरिदा दुईजनाको मृत्यु

  पाँचथर । पाँचथरको फिदिम मा पहिरोले पुरिएर दुईजनाको मृत्यु भएको छ।बिहिबार रातिबाट लगातार परिरहेको वर्षाको करण  गए राति पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको हो। फिदिम नगरपालिका – ४ चिसापानीमा रहेको आदिबाशि जनजातीको भवन पहिरोले पुरिँदा २४ वर्षिय सपना शेर्पा र ५ वर्षिय डोल्मा शेर्पाको मृत्यु भएको फिदिम नगरप्रहरी प्रमुख सुजन पुरीले जानकारी दिए । उनिहरुकाे घरमा के काे थिए  र काे काे बस्थे भन्नेबारेमा बिस्तृत विवरण आउन बाँकी रहेको पुरीले जानकारी  िदए । पुरीका अनुसार दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको शव निकालेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर पठाइँदै छ । घटनाको बारेका बिस्तृत विवरण…
Read More
एएफसी यु–२० एसियन कप, नेपाल समूह चरणबाटै बाहिरियो।

एएफसी यु–२० एसियन कप, नेपाल समूह चरणबाटै बाहिरियो।

  बिर्तामोड  ।।  एएफसी यु–२० एसियन कप छनौटतर्फ नेपालले समूह चरणको  अन्तिम खेलमा पनि हार बेहोरेको छ । समूह बी मा रहेको नेपालले शुक्रबार (आज ) आफ्नो अन्तिम खेलमा बहराईनसाग् ४–० ले पराजित हुदै प्रतियोगिताबाट  बाहिरिएको छ। समूह चरणका चार खेलबाट नेपालले ३ अंक मात्र जोड्दै समूह बी को तेस्रो स्थानमा रहेर प्रतियोगिताको अन्त्य गर्यो । नेपालले खेलेको तीन खेल मध्ये आयोजक चाइनिज ताइपेई विरुद्ध मात्र ३–१ को जित निकालेको थियो । त्यसबाहेक आफ्नो पहिलो खेलमा कम्बोडियासँग ४–१ र बलियो उज्वेकिस्तानसँग ६–० ले पराजित भएको थियो । यो जितपछि ३ खेलबाट बहराईनको ६ अंक छ र समूहको तेस्रो स्थानमा छ…
Read More
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

  झापा  ।।  दुई दिनदेखि लगातार परिरहेको वर्षका कारण जनजीवन प्रभावित भएको छ। लगातारको वर्षका कारण यातायातका साधनहरू गन्तव्यमा पुग्न पनि समस्या भएको छ। प्रतिकूल मौसमका कारण हवाई उडान पानी प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो । काठमाडौं विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौं बाहिरका विराटनगर, सिमरालगायत गन्तव्यको उडान प्रभावित भएका छन् । खराब मौसम तथा कम भिजिविलिटीका कारण आजका उडानहरु प्रभावित भएका बुद्ध एअरले जनाएको छ । पश्चिममा धनगढी, नेपालगञ्ज तथा भैरहवा तथा पूर्वमा सिमरा र जनकपुरका उडानहरु सुचारु रहेपनि अन्य गन्तव्यहरुमा उडान हुन नसकेको…
Read More
पिकअपको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु

पिकअपको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु

बिर्तामोड असोज १०।।झापामा पिकअपको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक शिवसताक्षी नगरपालिका–९ निवासी ४० वर्षीया जानुका अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बुधबार बिहान ७ः१५ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी– ११ दुधेमा झिलझिलेबाट माईधारतर्फ जाँदै गरेको प्र १–०१–०१७ प ४१७२ नम्बरको स्कुटरलाई दक्षिणतर्फ बाटो क्रस गर्ने क्रममा सोही दिशातर्फ जाँदै गरेको प्र १–०१–००१ च ८३३२ नम्बरको पिकअपले ठक्कर दिएको थियो । दुर्घटनामा परी स्कुटर चालक अधिकारी गम्भीर घाइते भएकी थिइन् । उनको टाउकोमा चोट लागेर उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा लगिएको र उपचारको क्रममा बिहीबार साँझ ७ः१५ बजे मृत्यु भएको…
Read More
सप्तकोशी नदीमा बस खस्यो, सबै यात्रुको सकुश उद्धार

सप्तकोशी नदीमा बस खस्यो, सबै यात्रुको सकुश उद्धार

  विराटनगरबाट उदयपुरको गाइघाट जाँदै गरेको यात्रुवाहक बस सप्तकोशी नदीमा खसेको छ । सुनसरी प्रहरीका अनुसार साँझ ६ बजेतिर यात्रु बस सप्तकोशी ब्यारेजको ३४ र ३६ नम्बरको ढोकाको बिचबाट झरेको थियो । सुनसरीका प्रहरी प्रवक्ता नवीकृष्ण भण्डारीका अनुसार सबै यात्रुको सकुशल उद्धार गरेर उपचारको लागि अस्पताल पठाएको जानकारी दिए । घटनाको थप विवरण प्राप्त हुन सकेको छैन ।
Read More
सर्लाहीमा एक युवकले गरे गोली हानेर श्रीमतीको हत्या

सर्लाहीमा एक युवकले गरे गोली हानेर श्रीमतीको हत्या

  सर्लाही ।। सर्लाहीमा एक युवकले गोली हानेर श्रीमतीको हत्या गरेका छन्। गोली लागेर युवकका बुबा पनि घाइते भएका छन्। हरिपूर्वा नगरपालिका-५ का २७ वर्षीय धीरेन्द्र यादवले गएराति २ बजेतिर २३ वर्षीया पत्नी चित्रलेखा यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। टाउको र आँखामा दुई गोली लागेकी चित्रलेखाको घटनास्थलमै मृत्यु भएको कार्यालयका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। बुबा ५४ वर्षीय रामदिनेशको कुहिनोमा गोली लागेको छ। बुहारीलाई गोली प्रहार हुन थालेपछि छुट्याउने क्रममा उनलाई पनि गोली लागेको हुनसक्ने प्रहरीको अनुमान छ। प्रादेशिक अस्पताल मलंगवामा उनको उपचार भइरहेको छ। प्रहरीका अनुसार धीरेन्द्र केही समयअघि मात्र वैदेशिक रोजगारीबाट फर्किएका थिए। गोली प्रहार…
Read More
झापा मिडिया कप २०८१ को खेल तालिका सार्वजनिक

झापा मिडिया कप २०८१ को खेल तालिका सार्वजनिक

  झापा ।। बुद्धशान्ति प्रेस क्लबले आयोजना गर्ने झापा मिडिया कप २०८१ को खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक बुद्धशान्तिसहित अर्जुनधारा, मेचीनगर, कनकाई र भद्रपुर प्रेस क्लबले प्रतिस्पर्धा गर्ने छ । त्यस्तै पत्रकार मञ्च दमक र खेलकुद पत्रकार मञ्च झापा सहभागी हुनेछन् । असोज १७ गते सुरु हुने प्रतियोगिताको तालिका अनुसार उद्घाटन खेलमा आयोजक बुद्धशान्ति र अर्जुनधारा प्रेस क्लबले प्रतिस्पर्धा गर्नेछन् । सोही दिन पहिलो चरणका अन्य ३ खेल हुनेछ । जसअन्तर्गत आयोजक कनकाई प्रेस क्लबले भद्रपुर प्रेस क्लबसँग र मेचीनगर प्रेस क्लबले दमक पत्रकार मञ्चसँग खेल खेल्नेछ । नेपाल खेलकुद पत्रकार मञ्च झापा शाखा भने सिधै बाइ पाएर…
Read More