Susandesh Khabar

समाज

कार्यक्रम हेर्ने कथा मार्फत भेटिएका प्रकाश तामाङ घर फर्किए।

कार्यक्रम हेर्ने कथा मार्फत भेटिएका प्रकाश तामाङ घर फर्किए।

  गोरखा– चर्चित कार्यक्रम ‘हेर्ने कथा’बाट चर्चामा आएका  भोजपुरको षडानन्द नगरपालिका-१० का प्रकाश तामाङ (पाका) अन्तत गोरखाको चुमभ्याली छाडेर घर फर्किएका छन् । ‘हेर्ने कथा’को ‘हराएका वर्षहरू’ शीर्षकको पछिल्लो सत्य कथाका मुख्य पात्र प्रकाश गोरखाको चुमनुब्री गाउँपालिका-७ छेकम्पारस्थित मालिकको घरबाट बिदा भएर भोजपुरका लागि हिँडेका हुन् । उनलाई छेकम्पारबाट स-सम्मान बिदा गरिएको हो । उलाई छेकम्पारमा बिदाइका क्रममा चुमनुब्री वडा नम्बर ८ का अध्यक्ष टसी दोर्जे लामा, स्थानीय साथीभाइ र मालिकलेसमेत खादा लगाइदिएका थिए । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार प्रकाशलाई मालिक टासी लामाले १० लाख रुपैयाँ दिने भएका छन् । त्यसैगरी गाउँपालिकाको तर्फबाट प्रकाशलाई एक लाख रुपैयाँ दिने…
Read More
पाँचथरको फालेलुङमा विस्फोटक पदार्थ पड्किंदा ४ जना बालक घाइते

पाँचथरको फालेलुङमा विस्फोटक पदार्थ पड्किंदा ४ जना बालक घाइते

  फिदिम भाद्र १३ ।। पाँचथरको  फालेलुङ ५मा विस्फोटक पदार्थ पड्किंदा ४ जना बालक घाइते भएका छन् । बिहिबार फालेलुङ ५ डाँडागाउँमा विस्फोटक पदार्थ पड्किंदा ४ बालक घाइते भएको  फालेलुङ ५ वडाध्यक्ष भरतबहादु खपाङगीले  जानकारी दिए । विस्फोटक पदार्थ पड्किंदा ३ जना गम्भीर घाइते र एक जना सामान्य घाइते भएका छन् ।  फालेलुङका ११ वर्षीय दिपशन साँवा , २ वर्षीय प्रियसा सावा , ११ वर्षीय पबन राई गम्भिर घाइते भएका छन् । ७ वर्षिय दिपशन राई सामान्य घाइते रहेको खपाङगीले जानकारी   दिए । सामान्य घाइतेकाे स्थानिय स्वास्थ्य चाैकीमा उपचार भइरहेकाे छ । गम्भीर घाइते बालकहरुको उपचारको लागी जिल्ला अस्पताल पाँचथर…
Read More
बाँके मा बस दुर्घटना दुईजनाको मृत्यु २६ घाइते

बाँके मा बस दुर्घटना दुईजनाको मृत्यु २६ घाइते

  नेपालगञ्ज ।। बाँकेमा बस दुर्घटना भएको छ । दाङबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस आज कोहलपुरमा दुर्घटना भएको हो । दुर्घटनामा परी दुईजनाको मृत्यु भएको लुम्बिनीका प्रदेश प्रहरी प्रमुख (डीआईजी) कुवेर कडायतले जानकारी दिए । दुर्घटनामा परी दाङको तुल्सीपुरका ६० वर्षीय धनबहादुर ओली र बसका सहचालक तुलसीपुरका २४ वर्षीय सन्तोष भुसालको मृत्यु भएको उनले जानकारी दिए । दुर्घटनामा २६ जना घाइते भएका छन् । घाइतेको भेरी अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । उनका अुसार बस चालकले मोटरसाइकल बचाउन खोज्दा दुर्घटना भएको बयान प्रहरीलाई दिएका छन् । “बस चालक हाम्रो नियन्त्रणमा छ । मोटरसाइकल बचाउन…
Read More
काठमाडौँ नगरले गर्यो श्रीकेश तेललाई जरिवाना सहित थप कारबाहीको सिफारिस

काठमाडौँ नगरले गर्यो श्रीकेश तेललाई जरिवाना सहित थप कारबाहीको सिफारिस

काठमाडौं । काठमाडौं महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि जरिवाना गरिएको निरीक्षण अधिकृत डा । अवधेश झाले जानकारी दिए । तेलको गुणस्तरका विषयमा गुनासो आएपछि महानगरपालिकाले असार ७ गते विवरण माग भएको थियो । ‘हामीले मागेको विवरणका आधारमा प्रतिवेदन तयार गर्‍यौं र सोही प्रतिवेदनका आधारमा जरिवाना गरिएको हो,’ झाले भने । माग गरिएको विवरणमा तेलमा प्रयोग हुने कच्चा पदार्थको प्राविधिक समिश्रणको विधि (फर्मुलेसन, रेसपी मेथड)को कागजात प्राप्त हुन सकेको थिएन । महानगरको अनुगमनमा कारखानामा…
Read More

धरानमा खुकुरी प्रहारबाट एकको मृत्यु ,एक घाइते।

  धरान भाद्र १२।। सुनसरीको धरानमा खुकुरी प्रहार गरेर एकजनाको हत्या भएको छ। हत्याआरोपमा एक जना पक्राउ परेका छन् ।धरान २ कि ३३ वर्षीया सिर्जना साहीकी १४ वर्षीय छोरी इनिसा साहीको मृत्यु भएको छ भने आमा सिर्जना घाइते भएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए सङ्खुवासभा खाँदबारी नगरपालिका–२ का ३३ वर्षीय बविन बराल पक्राउ परेको सुनसरीका प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए । बरालले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा धरान २ का ३३ वर्षीया सिर्जना साहीकी १४ वर्षीय छोरी इनिसा साहीको मृत्यु भएको छ भने आमा सिर्जना घाइते भएको उपरीक्षक भण्डारीले बताउनुभयो । खुकुरी प्रहारबाट आमाछोरी घाइते भएकामा उपचारका लागि धरानस्थित…
Read More

अमेरिकामा एक नेपाली युवतिको गोली हानी हत्या

  एजेसी।। अमेरिकामा एक नेपाली युवतीको गोली हानी हत्या गरिएको छ। सोमबार ह्युस्टनस्थित अपार्टमेण्टमा गोली लागेर मृत अवस्थामा फेला परेकी मुना पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पसेर गोली हानेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ। वेष्ट एअरपोर्ट ब्लुभर्डमा रहेको मुनाको अपार्टमेण्टमा उनी आफैँले राखेको सर्भिलेन्स क्यामेराका भिडियो फुटेजहरू प्रहरीले लगिसकेका छन्। केही समय देखि अमेरिकी युवकसँग डेटिङ्गमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। तर अझै हत्यारा पत्ता लागि नसकेको प्रहरीले जनाएको छ। हत्याराले उनको ओछ्यानमै पुगेर गोली हानेको भिडियो सार्वजनिक भएको छ। सार्वजनिक भएको भिडियोमा मुनालाई तीनवटा गोली हानिएको छ। मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन्। २१ वर्षीया मुनाको…
Read More
डेंगूको सङ्क्रमणबाट इलाममा एक व्यक्तिको मृत्यु

डेंगूको सङ्क्रमणबाट इलाममा एक व्यक्तिको मृत्यु

  इलाम । डेंगूको सङ्क्रमणबाट इलाममा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा रोङ गाउँपालिका-१ निवासी ३६ वर्षीय नारायण ढकाल रहेका छन् । उनको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा निधन भएको मृतकका भाइ नरेन्द्र ढकालले जानकारी दिए । ढकालका अनुसार मृतक नारायणलाई अत्यधिक ज्वरो आएपछि बिर्तामोडस्थित मनमोहन अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोवल शिक्षण अस्पताल पुर्याइएको थियो । तर, प्लेटलेटको सङ्ख्या ह्वात्तै घटेर उनको निधन भएको हो । श्रीमती मुना र दुई छोरी सलिना र समीक्षा ढकाल रहेका छन् ।
Read More
लायन्स क्लब अफ बिर्तामोड सिटीको पदस्थापन कार्यक्रम  सम्पन्न

लायन्स क्लब अफ बिर्तामोड सिटीको पदस्थापन कार्यक्रम  सम्पन्न

  इलाम । लायन्स क्लब अफ बिर्तामोड सिटीको पदस्थापन कार्यक्रम  सम्पन्न भएको छ। पूर्वी नेपालको  पर्यटकीय नगरी इलामको कन्याममा  आईतबार साँझ  एक समारोहको आयोजन गर्दै वर्ष सन् २०२४–२५को नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । लायन्स क्लब अफ इन्टरनेशनल ३२५‘सी’ का गभर्नर विकास अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्लबका वर्ष २०२४–२५का अध्यक्ष उपेन्द्र बानीयाँ नेतृत्वको समितिको पदस्थापन गरिएको हो । बानीयाँको अध्यक्षतामा चयन भएको वर्ष २०२४–२५ लागि समितिको प्रथम उपाध्यक्षमा राजकुमार गुप्ता, द्धितिय उपाध्यक्षमा संजय चौधरी, त्रितृय उपाध्यक्षमा प्रकाश पुरी, सचिमा लक्षुमण खड्का(प्रेम), सहसचिवमा मनोज रौनियार र कोषाध्यक्षमा राजकुमार शाह चयन हुनुभएको छ । वर्ष २०२३–२४का अध्यक्ष दुर्गा थपलियाको…
Read More
बिर्तामोड बसपार्क क्षेत्रमा बसोबास गर्ने नागरिकहरू पुन आन्दोलित

बिर्तामोड बसपार्क क्षेत्रमा बसोबास गर्ने नागरिकहरू पुन आन्दोलित

  बिर्तामोड भाद्र १० ।। झापाको अर्जुनधारा नगरपालिका ११ स्थित बिर्तामोड बसपार्क क्षेत्रमा बसोबास गर्ने नागरिकहरू पुन आन्दोलितभएका छन् । बिर्तामोड बसपार्क क्षेत्रको ५१ बिघा क्षेत्रमा रहेको ११ सय ५३ वटा कित्ताका जग्गा धनी र ४ सय भन्दा धेरै घर धनीहरू आन्दोलित भएका हुन् । सर्वोच्च अदालतले गिरीबन्धु टि स्टेटको ५१ विघा सहित जग्गा रोक्का गर्न आदेश गरेको तर सर्वोच्चले देखाएको ५१ बिघा जग्गा हाल बसपार्क क्षेत्रको नभएको स्थानहरूको तर्क रहेको छ । हाल बस पार्क भएको जग्गा गिरीबन्धु टि स्टेटको नामको नभएर नाज टि स्टेटको रहेको, नाज टि स्टेटले विगत २० वर्ष अघि कानुनी प्रक्रिया अनुसार चियाबगान ठाउँसारी गरेर…
Read More
आज श्रीकृष्ण जन्माष्टमी,देशभर भगवान श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

आज श्रीकृष्ण जन्माष्टमी,देशभर भगवान श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

  बिर्तामोड भाद्र  १० ।।  ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका छन् । कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् भगवान् श्रीकृष्णका मुखारविन्दबाट…
Read More