Susandesh Khabar

प्रमुख समाचार

माओवादी सम्वद्ध साहित्यकारहरुको नेतृत्व स्वप्निलले गर्ने

माओवादी सम्वद्ध साहित्यकारहरुको नेतृत्व स्वप्निलले गर्ने

अखिल नेपाल लेखक संघको अध्यक्षमा स्वप्निल स्मृति निर्वाचित भएका छन् । हिजो सम्पन्न संघको चौथो राष्ट्रिय सम्मेलनले स्वप्निलको अध्यक्षतामा ७१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । जसअनुसार उपाध्यक्षमा रामहरि श्रेष्ठ, नारायण मरासिनी र पञ्चकुमारी परियार चयन भएका छन् । त्यस्तै, महासचिवमा जीत अधिकारी, उपमहासचिवमा सुधा मैनाली र कोषाध्यक्षमा तिलक चाम्लिङ निर्वाचित भएको संघले जनाएको छ । सम्मेलनको प्रमुख वक्ता एंव माओवादी केन्द्रका महासचिव देव गुरुङले नयाँ कार्य समितिलाई शुभकामना दिएका थिए । कम्युनिष्ट आन्दोलन विखण्डित भइरहेका बेला संघले नयाँ दृष्टिकोणबाट चिन्तनको अभ्यास गर्ने उनले विश्वास व्यक्त गरे । ुपुँजीवाद हावी हुँदा(हुँदा यस्तो समय आयो कि वैचारिक रुपले विखण्ड गर्न सक्यो,…
Read More
श्रमिकको हक हितका लागि सामूहिक सत्याग्रह

श्रमिकको हक हितका लागि सामूहिक सत्याग्रह

श्रम गरेर खाने वर्गले भोगेका समस्या उजागर गर्दै राजधानीमा सामूहिक सत्याग्रह थालिएको छ । स्वदेशमै श्रम गरेर खान पाउने वातावरण बनाउनुपर्ने मागसहित विभिन्न क्षेत्रका प्रतिनिधि तथा श्रमिकहरुले सातौं दिन आज पनि भोक हड्ताललाई निरन्तरता दिएका छन् । सरकारलाई दबाब दिनका लागि राष्ट्रिय संयुक्त संघर्ष समिति गठन गरेर गत वैशाख २४ गतेदेखि कलँकीको रुद्रबजारमा शुरु गरिएको सत्याग्रहको नेतृत्व गुल्मीका पूर्वसांसद एवं नेकपा माओवादीको युवा संगठन वाईसियलका पूर्वउपत्यका ईञ्चार्ज चन्द्रबहादुर थापा ‘सागर’ ले गरेका छन् । हड्तालमा बिन्दु थापा केसी,द्रोण सुवेदी, सुवास श्रेष्ठ,हिमलाल पौडेल, इन्द्रबहादुर आलेमगर, प्रल्हाद पोखरेल, शेरबहादुर साउद र पार्वती पुलामी छन् । ‘स्वेदशमै काम गरेर खान दे,उद्योगी व्यवसायी तथा…
Read More
गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण

गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण

धनगढी । वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । ओड इलाका प्रहरी कार्यालय झलारीमा आफैँ उपस्थित भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले बताए । डीएसपी जोशीका अनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । नेपाल आइडल सिजन २ का विजेता ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् । सोही दिन कञ्चनपुर जिल्ला अदालतले ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।
Read More

मोटरसाइकल चोरेर भारत भाग्दै गरेका दुई युवक पक्राउ

वीरगन्ज : वीरगन्जबाट प्रहरीले चोरीको मोटरसाइकल लिएर भारत भाग्दै गरेका दुई जना चोरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयाका २० वर्षीय शेख गुफरान र शेख असरफ छन्। प्रहरीका अनुसार गत मंगलबार छपकैयाका अब्दूल कौशर आलमले ना६प ५४७५ नम्बरको मोटरसाइकल आफ्नै घरको आँगनमा पार्किङ गरेर राखेको अवस्थामा चोरी भएको थियो। चोरी भएको उक्त मोटरसाइकल वडा प्रहरी कार्यालय वीर्ताले खोजी गर्ने क्रममा शुक्रबार शेखद्वयले चोरीको मोटरसाइकल लिएर वीरगन्ज(रक्सौल नाकाको मितेरी पुल हुँदै भारत जाँदै गरेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिए। चोरीको मोटरसाइकलसहित उनीहरूको साथबाट विभिन्न स्थानबाट चोरी गरिएका इरिक्साको चार्जर १…
Read More
वर्तमान नेपालको मन्त्रहरुको पनि महामन्त्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ हो : प्रधानमन्त्री

वर्तमान नेपालको मन्त्रहरुको पनि महामन्त्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ हो : प्रधानमन्त्री

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ मन्त्रहरुको पनि महामन्त्र भएको दाबी गरेका छन्। शनिबार नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले एमालेले नेपाली समाजको सुत्र तयार गरेको बताएका हुन्। ‘गणितको सुत्र, व्याकरणको सुत्र त्यतिकै बन्दैन। सुत्रले थोरैले धेरै कुरा बोलेको हुन्छ, तब त्यो सुत्र हुन्छ। हामीले पनि नेपाली समाजको सुत्र तयार गरेका छौं, समृद्ध नेपाल सुखी नेपाली।’ पूर्वप्रधानमन्त्री ओलीले भने,‘यो अहिलेको वर्तमान नेपालको मन्त्रहरुको पनि महामन्त्र हो, समृद्ध नेपाल, सुखी नेपाली। योभन्दा ठूलो, योभन्दा महान,योभन्दा पवित्र कुनै अर्को मन्त्रै हुनै सक्दैन। नेपालको सुरक्षा, नेपालको समृद्धि, नेपाली जनताको सुख।’ विभिन्न भाषाको उदाहरण दिँदै उनले…
Read More
राष्ट्रपतिका आर्थिक विज्ञ डा. चिरञ्जीवी नेपालद्वारा राजीनामा

राष्ट्रपतिका आर्थिक विज्ञ डा. चिरञ्जीवी नेपालद्वारा राजीनामा

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डाक्टर चिरञ्जीवी नेपालले राजीनामा दिनुभएको छ । सय रुपैयाँको नोटमा नेपालको अद्यावधिक नक्सा राख्ने सरकारको निर्णयबारे विवादास्पद अभिव्यक्ति दिएको भन्दै आलोचना भएपछि उहाँले राजीनामा दिनुभएको हो । नेपालले दिनुभएको राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जानकारी गराएको छ । एउटा अन्तरवार्तामा उहाँले सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राख्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाउनुभएको थियो । अन्तर्वार्तामा दिएको अभिव्यक्ति विवादित बनेपछि उहाँले पद त्याग्नुपर्ने अवस्था आएको हो । राष्ट्रपति पौडेलले नेपालको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै सोधपुछ गरेपछि उहाँले राजीनामा दिनुभएको हो ।
Read More