झापा असार १२ ॥ लमजुङमा पहिरोमा परेर पाँच जनाको मृत्यु भएको छ। पहिरोमा परी बेपत्ता चारै जनाको शव फेला परेसँगै मृत्यु हुनेको संख्या पाँच पुगेको हो। घरमाथिबाट खसेको पहिरोमा परेर ६७ वर्षका रुद्रमान गुरुङ, ३६ वर्षकी पञ्चकुमारी गुरुङ, ८ वर्षकी इच्छा गुरुङ र ५ वर्षकी निश्मा गुरुङको मृत्यु भएको छ। पहिरोले तीन घरलाई पूर्णरूपमा क्षति पुर्याएकाे जिल्ला प्रहरी कार्यालय, लमजुङले जानकारी दिएकाे छ। मृत्यु हुने उनीहरू एकै परिवारका हुन्। तर, छुट्टाछुट्टै घरमा बस्दै आएका थिए। यस्तै, लमजुङकै दोर्दी गाउँपालिका- ९ सुनारगाउँमा पनि घरमाथिबाट पहिरो खस्दा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। मंगलबार रातिदेखि परेको अविरल वर्षाले…
बिर्तामोड असार ११॥ चलचित्र पत्रकार संघ नेपाल झापा शाखाको आयोजना नेपाल चलचित्रकर्मी संघको प्रबर्दन र बिर्तामोड नगरपालिकाको आर्थीक सहयोगमा एक दिने चलचित्र पत्रकारिता सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रम झापा अध्यक्ष रमेश तिवारीको अध्यक्षता र बिर्तामोड नगरपालिकाकी प्रमुख पबित्रा महतरा प्रसाईको, प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। चलचित्र पत्रकारिता सम्बन्धी झापाका पत्रकारहरुलाई जानकारी दिने उदेश्यले आयोजना गरिएको तालिमको चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष समिर बलामी र चलचित्र पत्रकार शान्ति प्रियाले सहजिकरण गरेका थिए। तालिमामा झापाका बिभिन्न संचार माद्यममा कामगर्ने ४० भन्दाबडी पत्रकारहरुको सहभागिता रहेको थियो। तालिमको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष बलामीले इन्टरनेटको प्रयोग बढेसँगै पत्रकारितामा चुनौती थपिएको र पछिल्लो…
बिर्तामोड ।। असार ११। झापामा चट्याङ लागेर एकै दिन तीनजनाको मृत्यु भएको छ । मंगलबार बिहान चट्याङ लागेर कमल गाउँपालिका–२ का ४६ वर्षीय राजन खड्का, गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षीय विकास गिरी र झापा गाउँपालिका वडा नम्बर ४ लोसाकी बस्ने ५० वर्षीय मन्जुर आलमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। कमल गाउँपालिका–२ का ४६ वर्षीय राजन खड्का खनजोत गर्न खेततर्फ जाने क्रममा चट्याङ लागेर घाइते भएका थिए । उपचारार्थ उनलाई दमकस्थित आम्दा अस्पतालमा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षीय विकास गिरीलाई भने स्थानीय सीताराम दाहालका खेतमा धानको बीउ छर्न गएका बेला चट्याङ…
बिर्तामोड असार ११। झापाको कमल गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । आज बिहान करिब ७ बजे कमल गाउँपालिका वडा नम्वर २ समाईगढका ४६ बर्षिय राजन खड्कालाई चट्याङ लागेको थियो । घरबाट खेतमा जाने क्रममा उनलाई चट्याङ लागेपछि घाइते अवस्थामा उपचारका लागि आम्दा अस्पताल दमक लगिएको थियो । अस्पताल पुर्याउना साथ चिकित्सकले ७ ४५ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरिक्षक कृष्ण कुमार चन्दले जानकारी दिनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको चन्दले बताउनुभयो ।
झापाको बुद्धशान्ति १ मा रहेको बुद्ध आदर्श माध्यमिक विद्यालयका कक्षा ७ मा अध्ययनरत विद्यार्थीलाई डिसिप्लिन इन्चार्जले मरणासन्न हुनेगरी कुटपिट गरेका छन् विद्यालयमा खेलकुद तथा अनुशासन कायम राख्न भनेर निजी स्रोतमा विद्यालय व्यवस्थापन समितिले मार्सल आर्ट खेल्ने विवेश भण्डारीलाई डिसिप्लिन इन्चार्ज (डिआइ) राखेको थियो। कुटाइ खाने विद्यार्थीका अनुसार भण्डारीले करिब १५ जना विद्यार्थी कुटेका हुन्। रबरको पाइप छिया-छिया हुने गरी उनले विद्यार्थीको शरीरमा प्रहार गरेको विद्यार्थीहरू बताउँछन्। कक्षामा होहल्ला गरेको सामान्य कारणमा आवेशमा आएर भण्डारीले विद्यार्थीमाथि प्रहार गरेको अभिभावकहरूले बताएका छन्। कुटाइ खाने एक विद्यार्थी अहिले बुधबारे सिटी हस्पिटलमा उपचाररत् छन्।
एजेन्सी – दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी भएको छ । सो आगलागीमा परी २० जानको मृत्यु भएको उद्धारका लागि खटिएका अग्निनियन्त्रकले बताएका छन् । सियोलबाट ४५ किलोमिटर दक्षिणमा रहेको ह्वासेयोङस्थित लिथियम ब्याट्री निर्माता कम्पनी अरिसेलको प्लान्टमा बिहान १०ः३० बजे आगलागी सुरु भएको थियो । घटनास्थलबाट केही व्यक्तिलाई घाइते अवस्थामा उद्धार गरिएको छ भने आगलागीमा परी दर्जनौँ अन्य कामदार हताहत भएको अनुमान गरिएको छ।यसअघि सुरक्षाकर्मीले दिएको प्रारम्भिक जानकारीमा घटनामा कम्तीमा एक कामदारको मृत्यु भएको, तीन जना घाइते भएका र अन्य २१ जना बेपत्ता भएका बताएका थिए । टिभी फुटेजमा जलिरहेको प्लान्टमा तारहरू जलिरहेको चरचर आवाजसँगै स–साना विस्फोट भइरहेको देखिएको छ । करिब दुई हजार ३०० वर्गमिटर क्षेत्रफलमा फैलिएको तीनतले…
झापा असार ९॥ प्रेमिकाले धोका दिएको भन्दै धनकुटा जिल्ला अस्पतालमा कार्यरत कर्मचारी अर्जुन मेहताले आत्महत्या गरेका छन । लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी युवतीले धोका दिएको भन्दै फेसबुकमा विरक्त पोखिरहेका उनले आफैंलाई समाप्त गरेपछि परिवारमा बज्रपात भएको छ । उनले तनावमा आएपछि पहिलो स्टाटस लेख्दै बिहेबारे पनि खुलाएका छन् । ‘म यसको टर्चरका कारण सकिन बस्न, मेरो र सुशीलाको बिहे सुशीलाकै परिवार मिलेर गोप्य रुपमा गराएको हो । बिहे गराएको केही दिनपछि सुशीला र यसको परिवार मिलेर बार्गेनिङ सुरु भयो । जुन बिहेको खर्च देऊ भनेर दबाब दिए । गाउँ समाजको परम्परा अनुसार बिहे गर्ने नत्र, जोर जबरजस्ती हुन्छ,…
बिर्तामोड असार ९ । बिर्तामोडको नयाँ बसपार्कमा रहेको ग्यारेजमा आगलागी भएको छ । अहिले बिहान बसपार्कमा रहेको एउटा गाडी ग्यारेजमा आगलागी भएको हो । आगो नियन्त्रणमा आइसकेको र आगलागीबाट ९ लाख रुपैयाँबराबरको क्षति पुगेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी प्रकाश विष्टले बताए । आज बिहान ७ः३५ बजे बसपार्कमा रहेको पदम बडी निर्माण ग्यारेजमा विद्युत सर्ट भई आगलागी भएको थियो । बिर्तामोड-३ मा डेरा गरी बस्ने कमल कालिकोटेले सञ्चालन गरेको ग्यारेजको टहरा र ग्यारेजमा रहेका पाटपुर्जा जल्दा ९ लाख रुपैयाँबराबरको क्षति भएको हो । बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा बिहान ८ः०५ बजे आयो नियन्त्रणमा आएको थियो ।
काठमाडौं – गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि करण परियारले जितेका छन् । शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै परियारले उपाधि हात पारेका हुन् । नेपाल आइडल सिजन–५ मा सलोमी गुरुङ फस्ट रनरअप र सचिन विश्वकर्मा सेकेन्ड रनरअप घोषित भए । उनीहरुले ट्रफीसँगै नगद पुरस्कार प्राप्त गरे । एपीवान टेलिभिजनमा नेपाल आइडलको श्रृंखला प्रसारण हुँदै आएको छ । यो सिजनमा गायक न्ह्यु बज्राचार्य, गायिका इन्द्रिरा जोशी र गायक कालीप्रसाद बासकोटा निर्णायकको रुपमा थिए ।