Susandesh Khabar

Avatar

Gospel News Nepal

508 Posts
गौ हत्यामा संलग्न चारजना पक्राउ गरी सार्वजनिक

गौ हत्यामा संलग्न चारजना पक्राउ गरी सार्वजनिक

  दमक ।।झापाको दमकमा भएको गौ हत्यामा संलग्न चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा तीनजना भुटानी शरणार्थी र एकजना स्थानीय महिला रहेका छन् । पक्राउ पर्नेमध्ये दमक नगरपालिका वडा नं. २ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. २ छाप्रो नम्बर ३३२ बस्ने ४४ वर्षीय प्रेमबहादुर बिष्ट रहेका छन् । उनी यसअघि पनि बिभिन्न मितिमा चोरी, डाँका र केही सार्वजनिक अपराधमा इलाका प्रहरी कार्यालय दमकबाट मुद्दा दर्ता भई कार्वाहीमा परेका थिए । त्यस्तै बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. ३ छाप्रो नम्बर एथ्री –२०८ बस्ने ३८ वर्षीय खगेन्द्र दुलाल पनि पक्राउ परेका छन् । उनी पनि यसअघि बिभिन्न मितिमा…
Read More
दमक गौ हत्यामा सम्लग्न एक जना पक्राउ

दमक गौ हत्यामा सम्लग्न एक जना पक्राउ

  दमक झापा ।। झापाको दमकमा भएको गौ हत्यामा संलग्न एकजना पक्राउ परेका छन् । हाल दमक ५ मा बस्दै आएका बेलडाँगी शरणार्थी शिविरका प्रेम विष्ट पक्राउ परेका हुन् । गाई काट्ने हतियार , जोख्ने तराजु र केही मासुसहित विष्टलाई हिजो दमक प्रहरीले पक्राउ गरेको हो । उनलाई आज सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रहरी स्रोतले जनाएको छ । दमक प्रहरीले सो घटनाका सम्बन्धमा अनुसन्धानका लागि ८ जनालाई बोलाएको थियो । मंगलवार राति दमक नगरपालिका वडा नम्वर २ बस्ने ६७ वर्षीय लक्ष्मण बिष्टको वडा नम्वर १ मा रहेको गाईगोठबाट गाई चोरेर लगेर हत्या गरिएको थियो । गोठबाट अकलापुरी ग्रिन सिटी तथा…
Read More
सप्तर्षिको पूजा आराधना गरी ऋषिपञ्चमी पर्व मनाइँदै

सप्तर्षिको पूजा आराधना गरी ऋषिपञ्चमी पर्व मनाइँदै

  झापा ।। आज भाद्र शुक्ल पञ्चमी। सनातन धर्मावलम्बी महिलाले आइतबार आज ऋषिपञ्चमी पर्व मनाउँदैछन्। सबेरै उठी पायक पर्ने नदी, पवित्र तलाउ आदि स्थानमा गई विधिपूर्वक माटो, गोबर, कुश, तिल, अपामार्ग (दतिवन) प्रयोग गरी स्नान गर्ने परम्परा छ। महिलाहरूले दतिवनका ३६५ डाँठले दाँत माझ्ने र ३६५ वटा पातले नुहाउँछन्। ३६५ पटक स्नान गर्नुपर्ने मान्यताका आधारमा महिला चाल्नोबाट पानी खन्याई नुहाउने गर्छन्। यसपछि सप्तऋषिको पूजा गर्ने परम्परा छ। कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ हुन्। यस्तै ऋषि वशिष्ठकी पत्नी अरुन्धतीको पनि पूजा गरिन्छ। सप्तर्षिको पूजा गर्दा मौसमी फूललगायतका वस्तु ३६५ को संख्यामा चढाउने विधान छ। विधिपूर्व सप्तर्षिको पूजा गर्नाले…
Read More
१७ मिनेटमा दश नवजोडीको सामूहिक विवाह

१७ मिनेटमा दश नवजोडीको सामूहिक विवाह

  धनुषाधाम : धनुषाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रमममा दश जोडीले सामूहिक विवाह गरेका छन्। आज आयोजित समारोहमा दाइजोमुक्त अन्तरजातीय विवाह गरिएको रोशन दासले जानकारी दिए। सन्त गरिबदासद्वारा रचित अमरग्रन्थ पाठ तथा गुरुवाणीसहित १७ मिनेटमा दश नवजोडीको सामूहिक विवाह गरिएको दासले बताए। यहाँ शुक्रवारदेखि तीन दिवसीय महायज्ञ, अखण्ड पाठ तथा भण्डारा भइरहेको छ। तीन दिवसीय कार्यक्रमअन्तर्गत दोस्रो दिन दश जोडीले विवाह र १७० जनाले रक्तदान गरेका हुन्। तेस्रो दिन आइतवार विभिन्न कार्यक्रम गरी कार्यक्रम सम्पन्न हुने जनाइएको छ।  
Read More
‘लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउन सबैले सहयोग गरौं’ ! मुख्यमन्त्री कार्की

‘लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउन सबैले सहयोग गरौं’ ! मुख्यमन्त्री कार्की

  विराटनगर ।। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउन सबैले आआफ्ना क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका छन्।  २१औँ निजामती सेवा दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उनले कर्मचारीहरूले स्वच्छ आचरण र उच्च नैतिकताका साथ सेवा प्रवाह गर्नुपरने बताए ।  सुशासन र विकासमा सबै अग्रसर हुनुपर्ने जनाउँदै उनले निष्ठापूर्वक जनताको सेवामा कर्मचारीहरू समर्पित हुनु जरुरी रहेकामा जोड दिए।  मुख्यमन्त्री कार्कीले नेपालको हरेक राजनीतिक परिवर्तनमा निजामती कर्मचारीको प्रत्यक्ष तथा अप्रत्क्ष योगदान रहेको चर्चा गर्दै लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउनुको विकल्प नरहेको कुरामा जोड दिए। निजामती सेवाको आदर्श र व्यवहार नै सुशासन र प्रशासनप्रति जनताको विश्वास देखिने जनाउँदै…
Read More
डेंगू  संक्रमणबाट झापामा एक बालकको मृत्यु

डेंगू संक्रमणबाट झापामा एक बालकको मृत्यु

  बिर्तामोड ।। डेंगू रोगको संक्रमणबाट झापामा एक बालकको मृत्यु भएको छ । न्यूटन एजुकेशन एकेडेमीमा कक्षा १ मा अध्ययनरत विद्यार्थी आलोकजंघ बस्नेतको मृत्यु भएको हो । नोवेल शिक्षण अस्पताल बिराटनगरमा उपचाररत बिद्यार्थीको उपचारकै क्रममा निधन भएको विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईले जानकारी दिए । उनको आठ वर्षको उमेरमै निधन भएको हो। विद्यार्थीको निधनसंगै आइतवार विद्यालय बन्द रहने भएको छ । विद्यलयकी संस्थापक अध्यक्ष धर्मा पराजुली प्रसाई र प्रिन्सिपल हुमागाईले विद्यार्थीको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै विद्यालय परिवार स्तव्ध र मर्माहत बनेको बताएका छन् । समवेदना पत्रमा पीडाको क्षणमा रहने हाम्रा अभिभावक नेत्र प्रसाद– लक्ष्मी वस्नेत, दिदी अल्का बस्नेत सहित समस्त…
Read More
एमबीबीएस अध्यापनका लागि बि एण्ड सी ले पायो ५० सिट

एमबीबीएस अध्यापनका लागि बि एण्ड सी ले पायो ५० सिट

  बिर्तामोड ।। चिकित्सा शिक्षा आयोगले झापाको बिएन्डसी मेडिकल कलेजलाई एमबीबीएस अध्यापनका लागि सिट निर्धारण गरेको छ।आयोगले बिएन्डसीलाई ५० जना विद्यार्थी अध्यापन गराउने गरी सिट निर्धारण गरेको हो। पूर्वी नेपालमा सञ्चालनमा आएको बिएन्डसीले लामो समयपछि एमबीबीएसमा सिट पाएको हो। कलेजलाई एमबीबीएस अध्यापन सुरु गर्न सम्बन्धन दिनु भन्ने सर्वोच्च अदालतको आदेशपछि आयोगले आवश्यक प्रक्रिया अगाडि बढाएको हो। कलेजले काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा एमबीबीएस कार्यक्रम सुरु गर्न लागेको हो।
Read More
भन्सार छलेर नेपाल भित्राइएको १० लाख मुल्य बराबरको कपडा बरामद

भन्सार छलेर नेपाल भित्राइएको १० लाख मुल्य बराबरको कपडा बरामद

  मेचीनगर । सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा भन्सार छलेर नेपाल भित्राइएको अन्दाजी १० लाख मुल्य बराबरको कपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) बाहुण्डागीबाट खटिएको टोलीले मंगलबार साँझ ५ बजेको समयमा मेचीनगर नगरपालिका २ स्थित भृकुटी चोक दक्षिण पिपल चोकबाट उक्त मूल्यबराबरको कपडा बरामद गरेको हो । भारतबाट विभिन्न ब्रान्डको लत्ताकपडा लुकाइछिपाई नेपालतर्फ ल्याउँदै गरेको गोप्य सूचनाको आधारमा कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी सुमन पोखरेलले बताए । बरामद गरिएको सामानमा कुर्ता र पाइजामा १३५ सेट, जेन्स भेस्ट २०० थान कुर्ताको कपडा १६ थान (३२० मिटर), ब्लाउजको सादा कपडा…
Read More
यातायात व्यवस्था कार्यालय झापामा आर्थिक वर्ष २०८०/८१ मा  ९३ करोड बढी राजस्व संकलन

यातायात व्यवस्था कार्यालय झापामा आर्थिक वर्ष २०८०/८१ मा  ९३ करोड बढी राजस्व संकलन

  बिर्तामोड । भाद्र २१ ।।  यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८०/८१ मा  ९३ करोड २१ लाख ६६ हजार आठ सय १३ राजस्व संकलन गरेको छ । कार्यालयले आव २०७९/८० को तुलनामा  पाँच करोड १४ लाख ७९ हजार पाँच सय ६६ बढी राजस्व संकलन गरेको हो । यातायात व्यवस्था कार्यालय झापाका निमित्त प्रमुख गोपीचन्द्र बोहराका अनुसार आव २०७९/८० मा  ८८ करोड ६ लाख ८७ हजार दुई सय ४७ राजस्व संकलन भएको थियो । गत आव २०८०/८१ मा २० हजार ६३ कूल सवारी दर्ता हुँदा १९ हजार ९ सय २० सवारी चालक अनुमतिपत्र वितरण भएको उनले बताए । यसैगरी…
Read More
मोटरसाइकलको ठक्कर बाट बालकको मृत्यु

मोटरसाइकलको ठक्कर बाट बालकको मृत्यु

  सुरुङ्गा ।। झापाको कनकाई नगरपालिका-५ चप्रामारीमा मोटरसाइकलले ठक्कर दिँदा बालकको मृत्यु भएको छ। सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको प्र १–०१–०१७ प ४३७० नम्बरको मोटरसाइकलले बिहीबार अपराह्न ५ बजे बाटो काट्दै गरेका ४ वर्षीय आर्यन टुडूलाई ठक्कर दिएको थियो। गम्भीर घाइते उनलाई बिर्ता सिटी अस्पताल बिर्तामोडमा सामान्य उपचारपश्चात् बीएण्डसी अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरे। ठक्कर दिने मोटरसाइकल चालक झापा गाउँपालिका-२ का २४ वर्षीय वसन्त मुखियालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।  
Read More