Susandesh Khabar

Avatar

Gospel News Nepal

508 Posts
विनय कसजू स्मृतिग्रन्थ लोकार्पण

विनय कसजू स्मृतिग्रन्थ लोकार्पण

काठमाण्डौ – वरिष्ठ बाल साहित्यकार तथा पत्रकार विनय कसजू स्मृतिग्रन्थ लोकार्पण भएको छ । काठमाण्डौको कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठानमा आज एक कार्यक्रमकाबीच विनय कसजू स्मृतिग्रन्थ लोकार्पण भएको हो । स्मृतिग्रन्थ विनय कसजू स्मृति प्रतिष्ठानले प्रकाशन गरेको हो । कसजूको २०७६ साल मङ्सिर १० गते निधन भएको थियो । उहाँ नेपाली पत्रकारिता क्षेत्रका विशिष्ट व्यक्ति हुनुहुन्थ्यो । ग्रामीण पत्रकारितालाई अघि बढाउन पनि कसजूको ठूलो योगदान छ । उहाँले गाउँले जनजीवनका लागि उपयोगी गाउँले देउराली भित्ते पत्रिकाको प्रकाशन शुरु गर्नुभएको थियो । अहिले पनि पाल्पामा गाउँले देउराली पत्रिका लोकप्रिय रहेको छ । बालसाहित्यतर्फ कसजूका एक सय वटाभन्दा धेरै कृति प्रकाशित भएको छ…
Read More
भारतको प्याज राजनीतिले नेपाली बजारमा पर्ने असर

भारतको प्याज राजनीतिले नेपाली बजारमा पर्ने असर

दक्षिण एशियाका नागरिकका लागि प्याजको आफ्नै विशेष महत्व छ । विश्वमै धेरै प्याज उत्पादन गर्ने देश भारत पनि हो । नेपालमा जति प्याज आयात हुन्छ, त्यसको ९० प्रतिशत चाहिँ भारतबाटै हुन्छ । भारतमा प्याज भान्सामा मात्रै सीमित बनेको छैन । त्यहाँका लागि यो त राजनीतिक वस्तु नै हो भन्दा फरक नपर्ला । यसको उत्पादनले भारतीय नागरिकलाई त पुग्छ । साथै देशमा कुनै वस्तु बढी उत्पादन हुने र कुनै वस्तु कम हुने हुँदा त्यसले केही प्रभाव अवश्य पार्छ । भारतकै पनि सबैभन्दा बढी प्याज उत्पादन महाराष्ट्र प्रदेशमा हुन्छ । अहिलेको असर प्याज कम भएर होइन । महाराष्ट्रमा प्याज प्रशस्त छ ।…
Read More
मन्त्रिपरिषद् पुनर्गठनको तयारी

मन्त्रिपरिषद् पुनर्गठनको तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्याबिनेट पुनर्गठनको तयारी गर्नुभएको छ । जसपा नेपालको विभाजित समूह र नागरिक उन्मुक्ति पार्टी ९नाउपा० लाई सरकारमा समेटेर क्याबिनेट पुनर्गठन गर्न लागिएको छ । सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबीच यसबारे मोटामोटी सहमति भइसकेको र एकाध दिनमै ठोस निर्णय हुने बताइएको छ । बालुवाटार स्रोतले बताएअनुसार नाउपालाई एक मन्त्रालय र फुटेको जसपालाई कम्तिमा एउटा राज्यमन्त्री थपिदिने सहमति छ । फुटेको जसपाबाट अहिले नवलकिशोर साह वन तथा वातावरणमन्त्री छन् । उपेन्द्र यादवलाई हटाएर खालि हुने स्वास्थ्य मन्त्रालयमा नाउपाका अध्यक्ष रन्जिता श्रेष्ठलाई लैजाने तयारीमा प्रधानमन्त्री रहेको बुझिएको छ । त्यस्तै, नयाँ जसपाका अध्यक्ष…
Read More
माओवादी सम्वद्ध साहित्यकारहरुको नेतृत्व स्वप्निलले गर्ने

माओवादी सम्वद्ध साहित्यकारहरुको नेतृत्व स्वप्निलले गर्ने

अखिल नेपाल लेखक संघको अध्यक्षमा स्वप्निल स्मृति निर्वाचित भएका छन् । हिजो सम्पन्न संघको चौथो राष्ट्रिय सम्मेलनले स्वप्निलको अध्यक्षतामा ७१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । जसअनुसार उपाध्यक्षमा रामहरि श्रेष्ठ, नारायण मरासिनी र पञ्चकुमारी परियार चयन भएका छन् । त्यस्तै, महासचिवमा जीत अधिकारी, उपमहासचिवमा सुधा मैनाली र कोषाध्यक्षमा तिलक चाम्लिङ निर्वाचित भएको संघले जनाएको छ । सम्मेलनको प्रमुख वक्ता एंव माओवादी केन्द्रका महासचिव देव गुरुङले नयाँ कार्य समितिलाई शुभकामना दिएका थिए । कम्युनिष्ट आन्दोलन विखण्डित भइरहेका बेला संघले नयाँ दृष्टिकोणबाट चिन्तनको अभ्यास गर्ने उनले विश्वास व्यक्त गरे । ुपुँजीवाद हावी हुँदा(हुँदा यस्तो समय आयो कि वैचारिक रुपले विखण्ड गर्न सक्यो,…
Read More
श्रमिकको हक हितका लागि सामूहिक सत्याग्रह

श्रमिकको हक हितका लागि सामूहिक सत्याग्रह

श्रम गरेर खाने वर्गले भोगेका समस्या उजागर गर्दै राजधानीमा सामूहिक सत्याग्रह थालिएको छ । स्वदेशमै श्रम गरेर खान पाउने वातावरण बनाउनुपर्ने मागसहित विभिन्न क्षेत्रका प्रतिनिधि तथा श्रमिकहरुले सातौं दिन आज पनि भोक हड्ताललाई निरन्तरता दिएका छन् । सरकारलाई दबाब दिनका लागि राष्ट्रिय संयुक्त संघर्ष समिति गठन गरेर गत वैशाख २४ गतेदेखि कलँकीको रुद्रबजारमा शुरु गरिएको सत्याग्रहको नेतृत्व गुल्मीका पूर्वसांसद एवं नेकपा माओवादीको युवा संगठन वाईसियलका पूर्वउपत्यका ईञ्चार्ज चन्द्रबहादुर थापा ‘सागर’ ले गरेका छन् । हड्तालमा बिन्दु थापा केसी,द्रोण सुवेदी, सुवास श्रेष्ठ,हिमलाल पौडेल, इन्द्रबहादुर आलेमगर, प्रल्हाद पोखरेल, शेरबहादुर साउद र पार्वती पुलामी छन् । ‘स्वेदशमै काम गरेर खान दे,उद्योगी व्यवसायी तथा…
Read More
दोलखाको शैलुङमा मिनी ग्रेटवाल

दोलखाको शैलुङमा मिनी ग्रेटवाल

दोलखा : पर्यटकीय क्षेत्र शैलुङडाँडामा पर्यटन प्रवद्र्धन गर्न मिनी ग्रेटवाल निर्माणको काम गरिएको हो। संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शैलुङ गाउँपालिकाको संयुक्त लगानीमा शैलुङ ग्रेटवाल निर्माण गरिएको पूर्वगाउँपालिका अध्यक्ष भरत दुलालले बताए। शैलुङ गाउँपालिकाको कालापानीदेखि डाँफेढुंगा ९५० मिटरसम्म निर्माणको डीपीआर तयार गरिए पनि अहिले पाँच सय मिटर मात्र ग्रेटवाल निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ। ग्रेटवाल निर्माणका लागि संघीय सरकारको ७० प्रतिशत र शैलुङ गाउँपालिकाको ३० प्रतिशत बजेट लगानी रहेको छ। प्रारम्भिक चरणमा पाँच सय मिटर ग्रेटवाल निर्माणका लागि ४ करोड ९४ लाख १५ हजार ४१८ रुपैयाँँ लागतमा ठेक्का सम्झौता गरिएको थियो। सरकारले नेपालका सय वटा पर्यटकीय स्थलमा पर्यटन…
Read More
गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण

गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण

धनगढी । वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । ओड इलाका प्रहरी कार्यालय झलारीमा आफैँ उपस्थित भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले बताए । डीएसपी जोशीका अनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । नेपाल आइडल सिजन २ का विजेता ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् । सोही दिन कञ्चनपुर जिल्ला अदालतले ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।
Read More

मोटरसाइकल चोरेर भारत भाग्दै गरेका दुई युवक पक्राउ

वीरगन्ज : वीरगन्जबाट प्रहरीले चोरीको मोटरसाइकल लिएर भारत भाग्दै गरेका दुई जना चोरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयाका २० वर्षीय शेख गुफरान र शेख असरफ छन्। प्रहरीका अनुसार गत मंगलबार छपकैयाका अब्दूल कौशर आलमले ना६प ५४७५ नम्बरको मोटरसाइकल आफ्नै घरको आँगनमा पार्किङ गरेर राखेको अवस्थामा चोरी भएको थियो। चोरी भएको उक्त मोटरसाइकल वडा प्रहरी कार्यालय वीर्ताले खोजी गर्ने क्रममा शुक्रबार शेखद्वयले चोरीको मोटरसाइकल लिएर वीरगन्ज(रक्सौल नाकाको मितेरी पुल हुँदै भारत जाँदै गरेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिए। चोरीको मोटरसाइकलसहित उनीहरूको साथबाट विभिन्न स्थानबाट चोरी गरिएका इरिक्साको चार्जर १…
Read More
वर्तमान नेपालको मन्त्रहरुको पनि महामन्त्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ हो : प्रधानमन्त्री

वर्तमान नेपालको मन्त्रहरुको पनि महामन्त्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ हो : प्रधानमन्त्री

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ मन्त्रहरुको पनि महामन्त्र भएको दाबी गरेका छन्। शनिबार नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले एमालेले नेपाली समाजको सुत्र तयार गरेको बताएका हुन्। ‘गणितको सुत्र, व्याकरणको सुत्र त्यतिकै बन्दैन। सुत्रले थोरैले धेरै कुरा बोलेको हुन्छ, तब त्यो सुत्र हुन्छ। हामीले पनि नेपाली समाजको सुत्र तयार गरेका छौं, समृद्ध नेपाल सुखी नेपाली।’ पूर्वप्रधानमन्त्री ओलीले भने,‘यो अहिलेको वर्तमान नेपालको मन्त्रहरुको पनि महामन्त्र हो, समृद्ध नेपाल, सुखी नेपाली। योभन्दा ठूलो, योभन्दा महान,योभन्दा पवित्र कुनै अर्को मन्त्रै हुनै सक्दैन। नेपालको सुरक्षा, नेपालको समृद्धि, नेपाली जनताको सुख।’ विभिन्न भाषाको उदाहरण दिँदै उनले…
Read More
गोरखा दरबारमा सेतो पुतलीको बिगबिगी, शापुको त्रास

गोरखा दरबारमा सेतो पुतलीको बिगबिगी, शापुको त्रास

गोरखा : सेतो पुतली अत्याधिक थुप्रिएपछि गोरखा दरबार, गोरखकाली तथा गोरखनाथ मन्दिरमा आउने तिर्थालु भक्तजनहरूमा आँखा हुने गम्भीर संक्रमण ९शापु०को त्रास बढेको छ। मन्दिरमा जहाँतहीँ विषालु पुतली देखेर भक्तजनहरू डराउने गरेको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले जानकारी दिए। ‘मन्दिर र दरबारको जहाँतहीँ सेतो पुतली देखेर भक्तजनहरु तर्सिनुहुन्छ’, पाठक भन्छन्, ‘यसलाई यहाँबाट हटाउने उपाय केही थाहा छैन। हामीले सेतोपुतलीबाट मुक्ति पाउन सामाजिक सञ्जालमा पनि लेखेर राय सुझाव मागेका थियौं।’ तर, व्यवहारिक उपाय कहीँबाट पाउन नसकेको उनको भनाइ छ। सेतोपुतलीले अत्याएर भक्तजनहरू नआउलान् भन्नेसम्मको चिन्ता भएको मन्दिरका पुजारी शारदाप्रसाद भट्टराईको भनाइ छ। ‘सेतोपुतलीको झुसले आँखाको ज्योति नै गुम्न सक्छ भन्ने…
Read More