खोटाङ साउन ३२ ।। भारी वर्षपछि गएको पहिरोले पुरिएर खोटाङमा एक शिक्षिकाको निधन भएको छ। जिल्लाको रावाबेँसी गाउँपालिका ३ की ६० वर्षीया सावित्रादेवी नेवारको पहिरोले पुरिएर निधन भएको हो। स्थानीय विश्वज्योति माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका नेवार बिहीबार विद्यालय जाँदै गर्दा बाटोमाथिबाट खसेको पहिरोले पुरिएकी थिइन्। प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पहिरोले पुरेर गम्भीर घाइते भएकी नेवारको उद्धार गर्न ढिला भएकाले घट्नास्थलमै निधन भएको स्थानीयले बताएका छन्। घटनाबारे अनुसन्धान भइरहेको खोटाङ प्रहरीलाई उद्धृत गर्दै प्रदेश प्रहरी प्रवक्ता वरिष्ट उपरीक्षक भीम दाहालले बताएका छन्।
बिर्तामोड साउन ३१ ।। गत वर्षदेखि झापाको बिर्तामोडमा सुरु भएको श्रीकृष्ण रथ यात्रा यो वर्ष पनि हुने भएको छ। श्री बालाजी मन्दिर समिति बिर्तामोड र श्री कृष्ण प्रणामी मन्दिर सतगुरु श्री देवचन्द्र सदन बिर्तामोडको संयुक्त आयोजनामा अघिल्लो बर्ष बिर्तामोडमा पहिलो पटक श्रीकृष्ण रथयात्रा निकालिएको थियो । यस वर्ष पनि यी दुवै संस्थाको आयोजनामा बृहत रुपमा रथयात्रा निकालिने श्री बालाजी मन्दिर समितिका अध्यक्ष नवीन गोयलले जानकारी दिए । श्री कृष्ण जन्माष्टमीको भोलिपल्ट आगामी भदौ ११ गते नन्द उत्सवको अवसर पारेर बिर्तामोडमा श्री कृष्ण रथयात्रा को आयोजना गर्न लागिएको हो । धार्मिक परम्परा अनुसार श्रीकृष्ण जन्माष्टमीको भोलि पल्ट श्रीकृष्ण रथयात्रा निकाल्ने चलन…
बिर्तामोड, ३० साउन ।।बिर्तामोड नगरपालिकाको हर्कलाल मार्ग स्तरोन्नति गर्ने कार्यलाई अघि बढाईएको छ । गएको आर्थिक वर्षमा गरेर बाँकी रहेको भागमा स्तरोन्नति कार्यलाई अघि बढाइएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईले सम्बन्धित कार्यालयका ईन्जिनियर सहित सडक अनुगमन गर्नु भएको छ । उहाँले सघन शहरी विकास कार्यालयको १ करोड ५० लाख र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १ करोड ७१ लाख रुपैयाँ गरी जम्मा ३ करोड २१ लाख रुपैयाँको बजेटमा सडक स्तरोन्नति गर्न लागिएको जानकारी दिनु भयो । नगर प्रमुख प्रसाईले संघ, प्रदेश र नगरको बजेटमा प्राथमिकताको आधारमा सडक स्तरोन्नति गर्ने कार्य धमाधम भईरहेको बताउनु भयो। आनन्दचोकसम्मको १ हजार…
ताप्लेजुङ साउन ३० ।। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वाड नं ६ मा गएराति गएको पहिराले दुई वटा घर बगाएको छ । पहिराले कञ्चनजङ्गा आधार शिविर जाने पदमार्गमा पर्ने घुन्सा खोलाको पुलसमेत बगाएको वडाध्यक्ष पेम्बाटासी शेर्पाले जानकारी दिए । पुल नजिकै स्थानीय छिरिङथाक्चे शेर्पाले होटेल सञ्चालन गर्दै आएको घर पहिराले बगाएको हो । उनकै अलैँची बगानमा रहेको अर्को घर पनि पहिराले पुरेको वडाध्यक्ष शेर्पाले बताए । होटेल सञ्चालक शेर्पा आज दिउँसो सदरमुकाम गएको र होटलमा रहनुभएकी उनकी छोरीसमेत बेलुका अर्को घरमा गएकाले मानवीय क्षति नभएको बताइएको छ । “साँझदेखि नै पानी पर्न सुरू भएको थियो, राति करिब २ बजेपछि पहिराले दुई…
बिर्तामोड साउन ३० ।। पुर्व पश्चिम राजमार्ग अन्तर्गत बुट्टाबारी चारअलि सडक खण्डमा मोटरसाइकलको ठक्कर बाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । अन्य दुईजनाको गम्भिर अवस्थामा उपचार भईरहृको छ । मेचीनगर-१३ कालिझोडामा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको मे.६ प. ८३२० नम्बरको मोटर साईकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घट्नामा पैदलयात्री नाम थर खुल्न नसकेको ३६ बर्षको पुरुष घाइते भएका थिए। उनको टाउकोमा गहिरो चोट लागेको थियो । बोल्न नसक्ने गरि घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा परेका मोटर साईकल चालक सवार मेचीनगर-१३ का मन्दिप मेचेको दुबै हात र खुट्टामा चोट लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ…
अर्जुनधारा साउन २८।। युवा व्यवसायी समाज बिर्तामोडले पुर्वको पशुपतिनाथ , अर्जुनधारा जलेश्वर धाममा दर्शन गर्न आउने भक्तजनहरु लाई एक सय एक के.जि लड्डु (प्रसाद )बितरण गरेको छ बिर्तामोडका सफल युवा व्यवसायीहरूले साउनको अन्तिम सोमबार अर्जुनधारा जलेश्वर धाममा पूजा गर्न आएका भक्तजनका लागि प्रसाद र पानी वितरण गरेको समाजका सचिव प्रकाश बानियाँले बताए । समाजको सामाजिक उत्तरदायित्व अन्तर्गत समाजका पदाधिकारी र सदस्यहरु बसेर प्रसाद वितरण गरिएको थियो । दुर्घटना मा घाइते संस्थाका सदस्य रुद्र झाको शिघ्र स्वास्थ लाभको कामना गर्दै सो कार्यक्रमको आयोजना गरेको संस्थाका अध्यक्ष सुसन पराजुलीले जानकारी दिए। आगामी दिनमा पनि आफ्नो व्यापार व्यवसाय सँगसँगै समाजसेवालाई पनि अगाडि…
बुद्धशान्ति साउन २८ ।। फ्रेन्डसीप क्लब बुद्धशान्ति ६ शान्तिनगरले लागू पदार्थ दुर्ब्यसन नियन्त्रणका लागि जनचेतना मुलक भिडियो प्रदर्शन गरेको छ । बुद्धशान्ति गाउँपालिका र वाड न. ६ को संयोजन एबम आर्थिक सहयोगमा आइतबार चेतनामुलक "नया जीवन" लघु चलचित्र प्रदर्शन गरिएको क्लबका सदस्य अर्जुन अधिकारीले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले लागू औषध समाजमा ठूलो समस्या बन्दै गइरहेकाले यसलाई नियन्त्रण गर्न सबैको सहयोग र भूमिका अनिवार्य हुनुपर्ने बताए । गाउँपालिका सभाहलमा आयोजित लागू औषध नियन्त्रण सम्बम्धि कार्यक्रममा शुभकामना मनतव्य राख्दै प्रमुख अतिथी प्रसाईले पछिल्लो समयमा समाज भित्र लागू औषध प्रयोगकर्ताहरु अत्याधिक बढ्न जादा समाजलाई अशान्त…
झापा साउन २८।। भारतको पश्चिम बङ्गाल बागडोगरामा स्कोरपियो गाडीको ठक्करबाट ६ जना श्रद्धालुको घटनास्थलमै मृत्यु भएको छ। साउन अन्तिम सोमबार बागडोगरास्थित जंगलीबाबा मन्दिरमा जल चढाउन पैदल गइरहेका श्रद्धालुमाथि एसके ०८ पी ०७३७ नम्बरको स्कोरपियो गाडीले ठक्कर दिएको थियो। अनियन्त्रित गाडीको ठक्करबाट १० जना श्रद्धालुमध्ये ६ जनाको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ। मृत्यु हुनेहरूमा गोविन्द चौधरी, अमलेश चौधरी, प्रह्लाद राय, कनक बर्मन, प्रणव राय, हिमेश राय चौधरी रहेका छन्। मृतकहरूको घर हासखोवा चिया बगान नजिकैको गोकुल जोत र दानागछ हो। घटना आज बिहान ५ बजेको समयमा ३१ नम्बर राष्ट्रिय राजमार्ग अन्तर्गत मुनि चिया बगान नजिकै भएको हो। ठक्कर…
खोटाङ साउन २८।।खोटाङकी एञ्जल राईले मिस मंगोल नेपाल–२०२४’को उपाधि जितेकी छिन् । ऐंसेलुखर्क गाउँपालिका–७ माक्पाकी २३ वर्षीया एञ्जलले १४औँ संस्करणको उपाधिसहित रु एक लाख राशीको नगद पुरस्कार प्राप्त गरेकी छिन्। नेपाल आदिवासी जनजाति महासंघको सहकार्यमा एक्सन इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगितामा एञ्जलले ‘मिस ट्यालेन्ट’को उपाधिसमेत हात पारेको आयोजक एक्सन इन्टरटेनमेन्टका अध्यक्ष अशोक प्यासी राईले जानकारी दिए। स्नातक उत्तिर्ण गरेकी एञ्जलले प्रभु बैङ्क, नेपाल आदिवासी जनजाति महासङ्घ, रिडी ग्रुप लिमिटेड तथा नेपाल क्यान्सर निवारण प्रतिष्ठानको सद्भावना दूत भई काम गर्ने अवसरसमेत प्राप्त गरेकी छिन्। ३०औँ विश्व आदिवासी दिवसको अवसर पारेर काठमाडौँको जमलस्थित राष्ट्रिय नाचाघरमा आयोजित प्रतियोगितामा पाँचथरकी बिपिका लिम्बु फस्ट…