Susandesh Khabar

साफ U२० च्याम्पियनसिप सेमिफाइनल समीकरण पूरा, भारतले बङ्गलादेश तथा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने

साफ U२० च्याम्पियनसिप सेमिफाइनल समीकरण पूरा, भारतले बङ्गलादेश तथा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने

  काठमाडौँ – साफ यु–२० च्याम्पियनसिप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको समूह ‘बी’को अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १–० ले हराउँदै समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश गर्‍यो। प्रतियोगितामा समूह ‘बी’ बाट भारत दुई खेलमा दुवै जितसहित ६ अङ्कका साथ शीर्ष स्थानमा रहँदा नेपाल समूह ‘ए’ बाट समूह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गर्‍यो। समूह ‘बी’बाट माल्दिभ्स बाहिरिँदा भुटानले उपविजेताका रुपमा नेपालसँगको भेट पक्का गर्‍यो। समूह ‘ए’ बाट श्रीलंका बाहिरिँदा बंगलादेश उपविजेता बनेको थियो। अब फाइनल प्रवेशका लागि भारतले बंगलादेशको सामना गर्दा नेपाल र भुटान भिड्ने छन्। शुक्रबार भारतविरुद्ध राम्रो प्रदर्शन गरेको माल्दिभ्स इन्जुरी समयमा गोल खान…
Read More
संसदीय छानबिन समितिमा बयान दिन पुगे लामिछाने

संसदीय छानबिन समितिमा बयान दिन पुगे लामिछाने

  काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बयान दिन संसदीय छानबिन विशेष समितिमा पुगेका छन् । विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको रकम दुरुपयोगमा संलग्न भएको आरोपमा समितिले लामिछानेलाई सोधपुछ र बयानका लागि बोलाएको हो
Read More
तनहुँमा भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना, १४ जनाको मृत्यु

तनहुँमा भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना, १४ जनाको मृत्यु

  तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहरामा भएको बस दुर्घटनामा १४ जना भारतीयको मृत्यु भएको छ । उक्त दुर्घटनामा परेका १६ यात्रुको उद्धार गरिएको छ । पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय यात्रु बोकेको युपी ५३ एफटी ७६२३ नम्बरप्लेटको बस मस्याङ्दी नदीमा खसेको हो । तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायका बसमा भारतीय यात्रु सवार थिए । यात्रुको सङ्ख्या भने एकिन हुन सकेको छैन । अहिले सशस्त्र प्रहरी बलको गोताखोर टोलीले घट्नास्थलमा यात्रुको उद्धार गरिरहेको छ । यात्रुको उद्धारका लागि १० जनाको गोताखोर टोली घट्नास्थलमा परिचालन गरिनुका साथै उनीहरुलाई अस्पताल लैजाने कार्य जारी रहेको सशस्त्र प्रहरीका सह-प्रवक्ता एवम् प्रहरी…
Read More
बिर्तामोडका  व्यवसायी महेन्द्र प्रसाई मृत फेला

बिर्तामोडका व्यवसायी महेन्द्र प्रसाई मृत फेला

  बिर्तामोड  भाद्र ७ - बिर्तामोडका चर्चित व्यवसायी महेन्द्र प्रसाई मृत फेला परेका छन् । बिर्तामोड५ सगरमाथा चौक निवासी प्रसाईले बिर्तामोड–१ स्थित नरेन्द्र मैनालीको घरमा गएर झुण्डिएर आत्महत्या गरेका छन । प्रसाई कुनै बेला झापा बिर्तामोडको बीएण्डसी हस्पिटलका साझेदार थिए । प्रसाईलाई बीएण्डसी हस्पिटलको संस्थापक मध्येका एक मानिन्छ । मैनालीले आफूबाट लगेको ऋण फिर्ता नगरेको बताउँदै आएका प्रसाई अन्तत उनको घरको दोस्रो तलामा गएर झुण्डिएका हुन् । मैनाली भने काठमाडौँमा बस्दै आएका छन् ।
Read More
आर्मीलाई हराउँदै बिर्तामोड युनाइटेड ‘ताप्लेजुङ गोल्ड कपको’ सेमीफाइनलमा प्रवेश

आर्मीलाई हराउँदै बिर्तामोड युनाइटेड ‘ताप्लेजुङ गोल्ड कपको’ सेमीफाइनलमा प्रवेश

  ताप्लेजुङ भाद्र ६ ।। त्रिभुवन आर्मी क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै विर्तामोड युनाइटेड क्बल, झापा  ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । ताप्लेजुङ स्थित भानुजन माविको खेलमैदानमा विहीबार भएको क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-० गोलअन्तरले पराजित गर्दै झापा सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा झापाले तीन गोल गरेको हो । खेलको ४६औँ मिनेटमा झापाका अविशेक गुरुङले गोल गर्दै सुरुवाती अग्रता दिलाएका हुन् । त्यसपछि खेलको ६५औँ मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै झापाको अग्रता दोब्बर पारेका थिए । त्यसको एक मिनेटपछि खेलको ६६औँ मिनेटमा हिसुब थपलियाले गोल गर्दै झापालाई ३–० गोलअन्तरको जित…
Read More
चलचित्र ‘बर एण्ड बधु’ भाद्र १४ गतेदेखि प्रदर्शन हुने

चलचित्र ‘बर एण्ड बधु’ भाद्र १४ गतेदेखि प्रदर्शन हुने

  नेपाली कथानाक चलचित्र 'बर एण्ड बधु' यही भदौ १४ गतेदेखि देशैभरिबाट एकसाथ प्रदर्शनमा आउने भएको छ आज विहिबार स्लाइस एण्ड स्पाइस क्याफे बिर्तामोडमा चलचित्रका कलकारहरु आचल शर्मा, किरण केसी र नवनायक विबेक कर्मचार्य सहित निर्देशक मिलन चाम्स र चलचित्रका निर्माता जानुका थापाले पत्रकारहरुसंग अन्तरक्रिया गरी चलचित्रका बारेमा जानकारी दिएका हुन् चलचित्र वर एण्ड वधुलाई नेपाल लगायत रोमानिया, इटाली र फ्रान्सको बिभिन्न रमणिय स्थलहरुमा छायाँकन गरिएको निर्देशक चाम्सले बताउनुभयो । आफुले निर्देशन गरेका चलचित्रहरु मध्ये लिलिबिलिपछि रिच क्यानभासमा तयार पारिएकोे आफ्नो दोस्रो चलचित्र वर एण्ड वधु रहेको चाम्सले पत्रकारहरुलाई जानकारी गराएका छन् नवनायक विबेक कर्मचार्यले आफु चलचित्र क्षेत्रमा नयाँ भए…
Read More
बङ्गलादेशलाई हराउँदै नेपाल समूह विजेता

बङ्गलादेशलाई हराउँदै नेपाल समूह विजेता

  साफ यू-२० च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को विजेता बन्दै नेपाल सेमिफाइनल पुगेको छ। बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूहको अन्तिम खेलमा बंगलादेशलाई २-१ गोलले हराएर नेपाल अन्तिम चारमा पुगेको हो। यसअघि आफ्नो पहिलो खेलमा श्रीलंकालाई हराएका दुवै टोली सेमिफाइनलमा पुगिसकेका थिए। अर्को समूहबाट भारत, माल्लिभ्स र भुटान मध्ये दुई टोली सेमिफाइनल पुग्नेछन्। बिहीबार भएको खेलका तीनै गोल पहिलो हाफमा भएका थिए। पहिलो हाफमा नेपालले दुई मिनेटको अन्तरमा दुई गोल गरेको थियो। खेलको १७ मिनेटमा समिर तामाङको गोलबाट नेपालले अग्रता लियो। डिबक्स बाहिर रहेका बंगलादेशका गोलकिपर हसन साब्रोनले बल नियन्त्रण गर्न ढिला गरेपछि समिरले उनको खुट्टाबाट बल खोस्दै खाली पोस्टमा गोल…
Read More
सुतली बम पड्काएर भाग्न खोज्ने दुई जना पक्राउ

सुतली बम पड्काएर भाग्न खोज्ने दुई जना पक्राउ

  देउखुरी भाद्र ६ ।। घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान क्याम्पस परिसरमा बम पड्काएर भाग्न खोज्ने क्रममा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक, प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए । प्रहरी प्रवक्ता तिमल्सिनाले मोटरसाइकलमा आएका दुईमध्ये एक जनाले बम फालेर भाग्दै गर्दा पक्राउ परेका बताए । उनले भने, “सुतली बम चर्को आवाजमा पड्केको थियो ।” प्रहरी प्रवक्ता तिमल्सिनाका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ निवासी अभियान थापा र सोही क्याम्पसमा पढ्ने सुदन कार्की रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले रमाइलोका…
Read More
शिक्षकको कुटाइबाट विद्यार्थी घाइते

शिक्षकको कुटाइबाट विद्यार्थी घाइते

  बिर्तामोड भाद्र ५।। झापाको शिवसताक्षी नगरपालिका- १० स्थित बाल निकुञ्ज माध्यमिक विद्यालयका शिक्षकले एक छात्रामाथि निर्मम कुटपिट गरेका छन् ।कक्षा ६ मा अध्ययनरत छात्रा अञ्जली गुरुङलाई क्लास वर्क गर्न अटेर गरेको भन्दै नेपाली विषयका शिक्षक हेतिराज निरौलाले पाइपले पिटेका हुन् । छात्राको कम्मर माथिको भाग डढेल्नोमा तीनवटा सुम्ला छन् । उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । छात्रालाई पिट्ने शिक्षक निरौला कानुन व्यवसायी हुन् । उनी शिक्षकहरूको छाता संगठन नेपाल शिक्षक महासंघ शिवसताक्षी नगरका सचिवसमेत हुन् । उनले आफूबाट गम्भीर त्रुटि भएको बताएका छन्। उनले आफू विद्यार्थीको उपचार भइरहेको बिर्तासिटी अस्पतालतर्फ गइरहेको बताए । बुधवार कक्षा कोठामा नेपाली…
Read More
औषधी उद्योगमा विस्फोट कम्तीमा १७ जनाको मृत्यु

औषधी उद्योगमा विस्फोट कम्तीमा १७ जनाको मृत्यु

  एजेन्सी ।।भारतको आन्ध्र प्रदेशमा एक औषधी उद्योगमा विस्फोट हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ। अनाकापल्ली जिल्लाको एसईजेडस्थित एसिएन्टिया एडभान्स साइन्स प्राइभेट लिमिटेड नामको उद्योगमा बुधबार रिएक्टर विस्फोट भएको थियो। यो विस्फोटले उद्योगको एउटा तला भत्किएको थियो भने कामदार विस्फोटपछिको आगोको लप्कामा परेका थिए। आगलागीमा गम्भीर घाइते भएका ३६ जनालाई अस्पताल भर्ना गरिएको छ । ३८१ कामदारले दुई सिफ्टमा काम गर्दै आएको यस उद्योगमा विस्फोटको समयमा धेरैजसो व्यक्ति खाजा खान बाहिर निस्किएकाले मानवीय क्षति कम भएको अधिकारीहरुले जनाएका छन्। उद्योगभित्रै रहेका कर्मचारीमध्ये अधिकांश आगलागीमा परेको समाचार एजेन्सीले जनाएका छन्।
Read More