Susandesh Khabar

Avatar

Gospel News Nepal

508 Posts
यो वर्ष पनि बिर्तामोडमा श्रीकृष्ण रथयात्रा निकालिने, तयारी अन्तिम चरणमा

यो वर्ष पनि बिर्तामोडमा श्रीकृष्ण रथयात्रा निकालिने, तयारी अन्तिम चरणमा

बिर्तामोड साउन ३१ ।। गत वर्षदेखि झापाको बिर्तामोडमा सुरु भएको श्रीकृष्ण रथ यात्रा यो वर्ष पनि हुने भएको छ। श्री बालाजी मन्दिर समिति बिर्तामोड र श्री कृष्ण प्रणामी मन्दिर सतगुरु श्री देवचन्द्र सदन बिर्तामोडको संयुक्त आयोजनामा अघिल्लो बर्ष बिर्तामोडमा पहिलो पटक श्रीकृष्ण रथयात्रा निकालिएको थियो ।  यस  वर्ष पनि यी दुवै  संस्थाको आयोजनामा बृहत रुपमा रथयात्रा निकालिने श्री बालाजी मन्दिर समितिका अध्यक्ष नवीन गोयलले जानकारी दिए । श्री कृष्ण जन्माष्टमीको भोलिपल्ट आगामी भदौ ११ गते नन्द उत्सवको अवसर पारेर बिर्तामोडमा श्री कृष्ण रथयात्रा को आयोजना गर्न लागिएको हो । धार्मिक परम्परा अनुसार श्रीकृष्ण जन्माष्टमीको भोलि पल्ट श्रीकृष्ण रथयात्रा निकाल्ने चलन…
Read More
हात्ती नियन्त्रणका लागि बिर्तामोडमा सोलार फेन्सिङ वाल निर्माण सुरु

हात्ती नियन्त्रणका लागि बिर्तामोडमा सोलार फेन्सिङ वाल निर्माण सुरु

  बिर्तामोड, ३१ साउन : बिर्तामोड‌मा सौर्य उर्जामा आधारित विद्युतीय तारवार निर्माणको काम सुरु भएको छ। हात्ती नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले बिर्तामोडको वडा नम्बर ६,७ र ८ मा सोलार ईलेक्ट्रिक फेन्सिङ वाल निर्माणको काम सुरु गरेको हो । वडा नम्बर ६ को देउनिया पुलदेखि वडा नम्बर ८ स्थित किसनभिट्टासम्मको ९ किलोमिटर क्षेत्रमा तारबार निर्माण हुन लागेको कोषले जनाएको छ ।तारबार निर्माण कार्यको नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिहीबार (आज) शिलान्यास गर्नु भयो । शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले हात्ती नियन्त्रणका लागि विद्युतीय तारवार प्रभावकारी हुने बताउनु भयो । उहाँले बढ्दो मानविय क्षति कम गर्नका लागि विद्युतिय तारबार…
Read More
बिर्तामोडस्थित हर्कलाल मार्ग स्तरोन्नति गरिदै

बिर्तामोडस्थित हर्कलाल मार्ग स्तरोन्नति गरिदै

  बिर्तामोड, ३० साउन ।।बिर्तामोड नगरपालिकाको हर्कलाल मार्ग स्तरोन्नति गर्ने कार्यलाई अघि बढाईएको छ । गएको आर्थिक वर्षमा गरेर बाँकी रहेको भागमा स्तरोन्नति कार्यलाई अघि बढाइएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईले सम्बन्धित कार्यालयका ईन्जिनियर सहित सडक अनुगमन गर्नु भएको छ । उहाँले सघन शहरी विकास कार्यालयको १ करोड ५० लाख र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १ करोड ७१ लाख रुपैयाँ गरी जम्मा ३ करोड २१ लाख रुपैयाँको बजेटमा सडक स्तरोन्नति गर्न लागिएको जानकारी दिनु भयो । नगर प्रमुख प्रसाईले संघ, प्रदेश र नगरको बजेटमा प्राथमिकताको आधारमा सडक स्तरोन्नति गर्ने कार्य धमाधम भईरहेको बताउनु भयो। आनन्दचोकसम्मको १ हजार…
Read More
ताप्लेजुङमा पहिरोले दुई घर बगायो

ताप्लेजुङमा पहिरोले दुई घर बगायो

  ताप्लेजुङ साउन ३० ।।  ताप्लेजुङको  फक्ताङ्लुङ गाउँपालिका वाड नं ६ मा गएराति गएको पहिराले  दुई वटा घर बगाएको छ । पहिराले कञ्चनजङ्गा आधार शिविर जाने पदमार्गमा पर्ने घुन्सा खोलाको पुलसमेत बगाएको वडाध्यक्ष पेम्बाटासी शेर्पाले जानकारी दिए । पुल नजिकै स्थानीय छिरिङथाक्चे शेर्पाले होटेल सञ्चालन गर्दै आएको घर पहिराले बगाएको हो । उनकै अलैँची बगानमा रहेको अर्को घर पनि पहिराले पुरेको वडाध्यक्ष शेर्पाले बताए । होटेल सञ्चालक शेर्पा आज दिउँसो सदरमुकाम गएको र होटलमा रहनुभएकी उनकी छोरीसमेत बेलुका अर्को घरमा गएकाले मानवीय क्षति नभएको बताइएको छ । “साँझदेखि नै पानी पर्न सुरू भएको थियो, राति करिब २ बजेपछि पहिराले दुई…
Read More
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु , दुई गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु , दुई गम्भीर घाइते

  बिर्तामोड साउन ३० ।। पुर्व पश्चिम राजमार्ग अन्तर्गत बुट्टाबारी चारअलि सडक खण्डमा  मोटरसाइकलको  ठक्कर बाट  एकजना पैदलयात्रीको मृत्यु भएको छ । अन्य दुईजनाको गम्भिर अवस्थामा उपचार भईरहृको छ । मेचीनगर-१३ कालिझोडामा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको मे.६ प. ८३२० नम्बरको मोटर साईकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घट्नामा पैदलयात्री नाम थर खुल्न नसकेको ३६ बर्षको पुरुष घाइते भएका थिए। उनको टाउकोमा गहिरो चोट लागेको थियो । बोल्न नसक्ने गरि घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको  छ । दुर्घटनामा परेका मोटर साईकल चालक सवार मेचीनगर-१३ का मन्दिप मेचेको दुबै हात र खुट्टामा चोट लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ…
Read More
अर्जुनधाराका गीरीलाइ  थाइल्याण्डमा स्वर्ण पदक

अर्जुनधाराका गीरीलाइ थाइल्याण्डमा स्वर्ण पदक

  बिर्तामोड साउन २९।।थाइल्याण्डको बैंककमा आयोजित सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप अन्तर्गत झापा अर्जुनधाराका विवेक गिरीले स्वर्ण पदक जितेका छन् । गिरीले पुम्से प्रदर्शनमा स्वर्ण जितेका हुन् । स्वर्ण जित्नका लागि उनले तीन राष्ट्रका खेलाडीसँग प्रतिस्पर्धा गर्नु परेको प्रशिक्षक दिपेन दनुवारले जानकारी दिए । आइतबार नै सम्पन्न २९-३२ तौल समूहको प्रतिस्पर्धामा अर्जुनधाराका प्रिजन नेम्वाङले कास्य पदक जितेका छन् । प्रिजन नेम्वाङले ४५ वटा देशका खेलाडीलाई पराजित गर्दै उक्त पदक आफ्नो बनाएका हुन् । झापाको अर्जुनधाराबाट चार खेलाडीसहित ५ जना थाइल्याण्ड गएका थिए । प्रतियोगिताको पहिलो दिन शैलेश तामाङले स्वर्ण र सम्यत थापाले रजत पदक जितेका थिए । शनिश्चरे तेक्वान्दो डोजाङका उत्पादन…
Read More
युवा व्यवसायी समाज बिर्तामोडद्वारा अर्जुनधारामा प्रसाद वितरण

युवा व्यवसायी समाज बिर्तामोडद्वारा अर्जुनधारामा प्रसाद वितरण

  अर्जुनधारा साउन २८।। युवा व्यवसायी समाज बिर्तामोडले  पुर्वको पशुपतिनाथ , अर्जुनधारा जलेश्वर धाममा दर्शन गर्न आउने भक्तजनहरु लाई  एक सय एक के.जि लड्डु (प्रसाद )बितरण गरेको छ बिर्तामोडका सफल युवा व्यवसायीहरूले साउनको अन्तिम सोमबार  अर्जुनधारा जलेश्वर धाममा पूजा गर्न आएका भक्तजनका लागि  प्रसाद र पानी वितरण गरेको समाजका सचिव प्रकाश बानियाँले बताए ।  समाजको सामाजिक उत्तरदायित्व अन्तर्गत समाजका  पदाधिकारी र सदस्यहरु बसेर प्रसाद  वितरण गरिएको थियो । दुर्घटना मा घाइते संस्थाका सदस्य रुद्र झाको शिघ्र स्वास्थ लाभको कामना गर्दै सो कार्यक्रमको आयोजना गरेको संस्थाका अध्यक्ष सुसन पराजुलीले जानकारी दिए। आगामी दिनमा पनि आफ्नो व्यापार व्यवसाय सँगसँगै समाजसेवालाई पनि अगाडि…
Read More
बुद्धशान्तिमा दुर्ब्यसन विरुद्ध जनचेतना मूलक लघुचित्र प्रदर्शन

बुद्धशान्तिमा दुर्ब्यसन विरुद्ध जनचेतना मूलक लघुचित्र प्रदर्शन

  बुद्धशान्ति साउन २८ ।। फ्रेन्डसीप क्लब बुद्धशान्ति ६ शान्तिनगरले लागू पदार्थ दुर्ब्यसन नियन्त्रणका लागि जनचेतना मुलक भिडियो प्रदर्शन गरेको छ । बुद्धशान्ति गाउँपालिका र वाड न. ६ को संयोजन एबम आर्थिक सहयोगमा आइतबार चेतनामुलक "नया जीवन" लघु चलचित्र प्रदर्शन गरिएको क्लबका सदस्य अर्जुन अधिकारीले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले लागू औषध समाजमा ठूलो समस्या बन्दै गइरहेकाले यसलाई नियन्त्रण गर्न सबैको सहयोग र भूमिका अनिवार्य हुनुपर्ने बताए । गाउँपालिका सभाहलमा आयोजित लागू औषध नियन्त्रण सम्बम्धि कार्यक्रममा शुभकामना मनतव्य राख्दै प्रमुख अतिथी प्रसाईले पछिल्लो समयमा समाज भित्र लागू औषध प्रयोगकर्ताहरु अत्याधिक बढ्न जादा समाजलाई अशान्त…
Read More
भारतको बागडोग्रामा स्कोर्पियो को ठक्करबाट छ जना श्रद्धालुको घटनास्थलमै मृत्यु

भारतको बागडोग्रामा स्कोर्पियो को ठक्करबाट छ जना श्रद्धालुको घटनास्थलमै मृत्यु

  झापा साउन २८।।  भारतको पश्चिम बङ्गाल बागडोगरामा स्कोरपियो गाडीको ठक्करबाट ६ जना श्रद्धालुको घटनास्थलमै मृत्यु भएको छ। साउन अन्तिम सोमबार बागडोगरास्थित जंगलीबाबा मन्दिरमा जल चढाउन पैदल गइरहेका श्रद्धालुमाथि एसके ०८ पी ०७३७ नम्बरको स्कोरपियो गाडीले ठक्कर दिएको थियो। अनियन्त्रित गाडीको ठक्करबाट १० जना श्रद्धालुमध्ये ६ जनाको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ। मृत्यु हुनेहरूमा गोविन्द चौधरी, अमलेश चौधरी, प्रह्लाद राय, कनक बर्मन, प्रणव राय, हिमेश राय चौधरी रहेका छन्। मृतकहरूको घर हासखोवा चिया बगान नजिकैको गोकुल जोत र दानागछ हो। घटना आज बिहान ५ बजेको समयमा ३१ नम्बर राष्ट्रिय राजमार्ग अन्तर्गत मुनि चिया बगान नजिकै भएको हो। ठक्कर…
Read More